‘सरकार नै निर्मला हत्याको मतियार भएको’ भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

1133
views

काठमाडौं, २८ भदौ । कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको अनुसन्धानमा सरकारले काम गर्न नसकेको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध पारेको छ ।

सरकारले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा सरकारले काम गर्न नसकेको कांग्रेस नेता दिलेन्द्र बडुले बताए । उनले अपराधमा संलग्नलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै आखिर यो अवस्था किन आयो भन्दै प्रश्न गरे ।

छानविन समितिमा रहेका एक सदस्य वीरेन्द्र केसीले ज्यानको सुरक्षा नभएको भन्दै राजीनामा दिएको भन्दै शक्तिशाली भनिएका अपराधी को हुन् ? किन सरकार संरक्षणमा लागेको छ भन्दै जवाफ माग गरे ।

उनले सरकार कसले चलाइरहेको छ भन्दै प्रश्न गरे । रोल्पामा तरुणदलका नेता रोहित पुनको हत्यामा सरकार किन मौन बसिरहेको छ? सरकारसँग जवाफ माग गरे ।

बैठक सुरु हुनेबित्तिकै कांग्रेसका नेता दीलेन्द्रप्रसाद बडुले ’सरकार नै निर्मला हत्याको मतियार भएको’ आरोप लगाउँदै सरकारको जवाफ प्रतिनिधिसभा बैठक चल्न नदिने बताए ।