नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

1077
views

प्रकाश सापकोटा
नवलपरासी, २९ भदौ । सिमामा क्षेत्रमका बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् ।

फाईल तस्विर


सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ संख्या ४९९ देखि ५०० स्तम्भ संख्यासम्म बिहिबार संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ ।

गस्तीका क्रममा सीमास्तम्भको अवस्था र सीमा अतिक्रमणका साथै सीमाको किनारमा बस्दै आएका बासिन्दाको सुरक्षा समस्याबारे छलफल गरिएको थियो ।