निर्मलाको परिवार न्यायका लागि छट्पटाउनु दुःखदः राष्ट्रपति भण्डारी

1219
views

काठमाडौं, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्मला पन्तका बाबुआमा तथा आफन्त न्यायका लागि छट्पटिनु दुःखद भएको बताएकी छन् ।

राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले पन्तको बलात्कारपछि हत्याको घटनाले अत्यन्त दुःखी बनाएको बताईन् ।

हत्यामा संलग्न जो भएपनि कानुनी दायरामा ल्याउन आग्रह गरिन् । न्यायमा ढिलाई गर्न नहुनेमा पनि राष्ट्रपतिको जोड थियो । ढिलो गरी न्याय पाउनु पनि न्याय नपाउनु सरह भएको राष्ट्रपतिले उल्लेख गरिन् ।

कलिला बालबालिका माथि हुने यौनजन्य हिंसा मानवता विरुद्धको कलङ्क रहेको बताउँदै उनले यसलाई जरैदेखि निर्मुल पार्नुपर्ने बताइन् ।