नेकपाका अध्यक्ष प्रचण्ड चीन भ्रमणमा

1192
views

काठमाडौं भदौं ३० नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका लागि शनिबार प्रस्थान गर्दै छन् ।

चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड चीन जान लागेका हुन् ।
अध्यक्ष प्रचण्ड ३ असोजमा स्वदेश फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । भ्रमणका क्रममा प्रचण्डले कुन–कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा १५ सदस्यीय टोली शुक्रबार चीन प्रस्थान गरेको छ । चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा श्रेष्ठसहित बलावती शर्मा, जीवन गौतमलगायत नेता चीन गएका हुन् ।