रामबहादुर थापा गृहमन्त्रीका रुपमा रहनुको औचित्य नै छैन: गगन थापा

1004
views

काठमाडौँ, भदौं– ३० नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा बादलको कार्य क्षमता कमजोर रहेको आरोप लगाएका छन् ।

गृहमन्त्री रामबहादुर थापाको कार्यक्षमता नै नभएको आरोप लगाउँदै गगन थापा ले प्रतिनिधिसभाको सुन्य समयमा बोल्दै रामबहादुर थापा गृहमन्त्रीका रुपमा रहनुको औचित्य नै नरहेको आरोप लगाए। सुन तस्करमाथिको कारवाहीको सिथिलता, ठेकेदारमाथि कारवाहीलगायत कञ्चनपुरकी निर्मला पन्तको अपराधी पहिचानमा असफता पाएको सन्दर्भमा गृहमन्त्री लाई असक्षम भन्दै यस्तो गृहमन्त्री आवश्यक नरहेको जीकिर गरे ।
‘ठूलामाछा पक्रनु भएन हामी बोलेनौ, कामचोर व्यवसायीलाई कानुन नबनाई पक्रनु भयो, छाडनुभयो हामी बोलेनौ, डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनु भयो हामी बोलेनौ,लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार राजु बस्नेत र सम्भु श्रेष्ठलाई प्रहरी लगाउनु भयो हामी बोलेनौ हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठिकै हो क्षमतामा मात्र केही बादल लागेको हो।’
हिजो हामी बोल्यौ अनि मन्त्री ज्यु पनि बोल्नु भयो, अनि थाहा पायौ, युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने अपराधिहरूलाई आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा दया नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ। सभामूख महोदय, सोच र क्षमता दुवै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?’ भन्दै सांसद थापाले गृहमन्त्री बादललाई प्रश्न गरे ।