मिसनमा रहेका एक सैनिक गोली लागि घाइते

1387
views

काठमाडौं, ३१ भदौ । दक्षिण सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिकलो गोली लागेको छ । येइ शहरमा पानी लिन जाने क्रममा सुडानको जनमुक्ति सेनाले हानेको गोली लागेर ति सैनिक घाईते भएका हुन् ।

संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा थिए । आइतबार बिहान येइ शहरमा पानी लिन जाने क्रममा सुडानको जनमुक्ति सेनाले बिहान ८ बजे येइमा रहेको युएन क्याम्पबाट ताँती लागेर गुडेका शान्ति सेनाको २ वटा पानी ट्याङ्करसहित अन्य २ सवारीमाथि गोली बर्साएका थिए ।

सोही क्रममा एक लडाकुले सवारी लक्षित आक्रमण गर्दा नेपाली शान्ति सैनिकका जवानलाई खुट्टामा गोली लागेको थियो जनाइउको छ ।

सेनाको टुकडीले सर्वसाधरणलाई ध्यानमा राखी जवाफी कारबाही गरेनन् । घाइते नेपाली सैनिकलाई उपचारका लागि हेलिकप्टरबाट जुबा शहरमा लगिएको छ ।