खाद्यान्न वितरणमा सामाजिक पुर्नजागरण अभियान

1307
views

सबिता शर्मा
पर्वत, ३१ भदौ । पर्वतको प्रसिद्ध तीर्थ धाम मोदीवेणी दिव्य धामका वृद्धवृद्धालाई सामाजिक पुर्नजागरण अभियान नेपाल खाद्यान्न वितरण गरेको छ । संस्थाले सो अवसरमा सरसफाई पनि गरेको थियो । नेपालले शनिवार दिव्यधाम सरसफाई गर्नुका साथै भग्नावशेषको रुपमा रहेका सामग्रीहरु हटाई सुरक्षित स्थानमा राख्ने कार्य गरेको संस्थाले जानाएको छ ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा न–५ की वडाध्यक्ष चित्रकला शर्मा भारतीले प्रशिद्ध तीर्थस्थल मोदीवेणीको विकासका लागि सबै एकजुट हुनुपर्नेमो जोड दिईन् ।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले युवाहरु परिर्वतनको सुचक भएको बताउँदै विकास निर्माणमा रचनात्मक भुमिका खेल्नुपर्ने औल्याए ।

कार्यक्रममा नेकपाका नेता तथा सामजिक व्यक्तित्व मेघनाथ सुवेदीले समाज परिवर्तनमा युवाले देखाएको चासो सकारात्मक भएको बताउँदै संस्थासँग सहकाय गरेर समाज परिवर्तनमा लाग्न आफु तयार रहेको बताए ।

सो कार्यक्रममा समासेवी एवं नेकपाका जिल्ला नेता शंकर गिरीले संस्थाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा आफुबाट सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा युवा नेता रामचन्द्र पौडेल‘आर.सी.’, नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखीका ईकाई सभापति शिशिर पौडेल, नेपाल मानव अधिकार संगठन पर्वतका सचिव माधव पौडेल, पूर्णप्रसाद ढकाल, नृसिंह मन्दिर संरक्षकका अध्यक्ष खेमराज पराजुली, मोदी वेणी दिव्य धामका अध्यक्ष गोपालदास बैरागी, केशवदास बैरागीले दिव्य धाम महत्वपूर्ण धार्मिक स्थल भएकोले यसको रक्षा जगेर्णा गर्नुका साथै थप सहयोगको आवश्यकता रहेको बताए ।

संस्थाका अध्यक्ष दिनेश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका महासचिव शिव परियार र स्वागत संस्थाकी कोषाध्यक्ष सबिता शर्माले गरेकी थिईन् । सो कार्यक्रम र संस्थाको बारेमा संस्थाका सचिव साजन परियारले प्रकाश पारेका थिए ।