कोरियन राजदुतलाई अर्थतन्त्रको अनुभव

स्थानीय उत्पादन नै अर्थतन्त्र विकासको मुख्य मेरुदण्ड

2540
views

महेन्द्र जिसी
पर्वत, १ असोज । विकासमा फड्को मारेको देश कोरियामा भएको अर्थतन्त्र र त्यसको विकासबारे कोरियन राजदुतले यहाँ अनुभव आदान प्रदान गरेका छन् ।

नेपालका लागि कोरीयन राजदुत पार्क योङ सिङले ९० को दशकमा अहिलेको नेपाल भन्दा पनि कोरीया कमजोर अर्थतन्त्रमा रहेको स्मरण गर्दै नेपालले स्थानीय उत्पादन र देशको उत्पादनको मुख्य मेरुदण्डमा प्रवेश गर्न नसक्दा अर्थतन्त्रमा विकास हुन नसकेको बताए ।

कोरिया स्थानीय उत्पादन र कुटील उद्योगहरुको विकासले अगाडी बढेको बताउँदै नेपाल वसाईको आफ्नो एक वर्षे अनुभवमा नेपालले स्थानीय उत्पादनलाई खासै जोड नदिएको बताए । सिङले नेपालको अर्थतन्त्र सुधार्न अवसर र खोजीमा रहेको तर स्थानीय उत्पादनलाई जोड्न नसकेको उल्लेख गरे ।

गण्डकी प्रदेशकै उत्कृष्ठ मानीएको पर्वतको नमुना आवासिय माविका विद्यार्थीहरुलाई प्रशिक्षण गराउँदै सिङले नेपाल र कोरियाले अर्थतन्त्र सुधार्न एकैखाले अभ्यास गर्न आवश्यक रहेको सुझाए ।

राजदुत सिँङले नेपाल पर्यटन र विद्यूत उत्पादनको क्षेत्रमा सम्भावना बोकेको देश भएको बताउँदै यहाँको जडिबुटीले देशको अर्थतन्त्र सुधार्ने मेरुदण्डका रुपमा लिन जरुरी रहको बताए ।

नेपालीहरुले आँफुहरुको संस्कार र संस्कृती जर्गेना गरेर आँफुहरुलाई आत्मनिर्भर गराउनुपर्नेमा जोड दिुनपर्ने उल्लेख गरे । एकपटक लगानी गरेपछि वर्षौसम्म उत्पादन लिन मिल्ने विद्युत उत्पादनमा जनताको पहूँच पु¥याउने नीति निर्माण गरेर सरकारले लागु गराउनु पर्ने उनको भनाई थियो ।

आधारभुत तहको शिक्षालाई सिपसँग जोडेर शैिक्षक विकास गराउन सकेमा पनि अर्थतन्त्र बलियो पार्न सकिने अनुभव राजदुतले सुनाउनु भएको हो । पार्क योङ सिङ नेपालका लागि कोरीयन राजदुत ठुला उद्योगको कल्पना गरेर भन्दा आँफुसँग भएका कुटील उद्योगको प्रबर्धन गरेर समग्र देशको आर्थिक अवस्था सुधारन सकिने उनले बताए ।

स्थानीय उत्पादनको उपयोग दर आँफुहरुबाटै सुरुवात गर्नुपर्ने समेत सिङले बताए । कार्यक्रममा विद्यालयका विद्यार्थी अभिभावक तथा स्थानीय उद्योमी व्यापारीहरुको समेत सहभागिता रहको थियो । कार्यक्रममा कोरियाले ९० को दशक देखी गर्दै आएको आर्थिक सुधारका अभ्यासको वृत चित्र पर्दशन गराइएको थियो ।