नेपाल साझेदार बैठक शुरु

978
views

काठमाडौँ, १ असोज । नेपाल सरकारका सहसचिव शुरेश अधिकारीले मानवीय क्षेत्रमा रेडक्रसले गरेका कामले नेपालीहरुको सँकटासन्नता कम गर्न मद्धत गरिरहेको बताउनुभएको छ । आजदेखि सुरु भएको नेपाल साझेदार बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो‘समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न रेडक्रसका गतिविधिहरु अत्यन्त सहयोगी छन् ।

नेपाल रेडक्रस सोसाइटी, रेडक्रसको अन्तर्रा्ष्ट्रिय महासँघ र रेडक्रसको अन्तराष्ट्रिय समितिको सँयुक्त आयोजनामा आजदेखि काठमाडौमा शुरु भएको २ दिने वैठकमा १८ वटा विभिन्न देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधि, संयुक्त राष्ट्रसंघ नियोग तथा विज्ञहरु र रेडक्रस अभियानका अँगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको नेपाल रेडक्रसका निर्देशक दिव्य राज पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल रेडक्रसका अध्यक्ष संजीव थापाले हरेक दुइवर्षमा आयोजना गर्दै आइएको यो साझेदार वैठकले सँगसँगै सोच्ने, सँगसँगै योजना बनाउने र सँगसँगै काम गर्ने रेडक्रसको परिपाटीलाई थप सुदृढ गर्नेछ । रेडक्रसको अन्तर्रा्ष्टिय महासँघ एशिया प्रशान्त क्षेत्रका उपनिर्देशक मार्टिन फलरले बैठकमा उपस्थित विज्ञहरुको ज्ञान, सीप र अनुभव आदान प्रदान हुँदा साझा नेतृत्व विकास गर्न र रेडक्रससँगको आपसी साझेदारीलाई पुनर्ववल प्रदान गर्न मद्धत पुगिरहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा रेडक्रसले काम गरिरहेको उदारण प्रस्तुत गर्नुभएको थियो । विशेष प्रस्तुतीको क्रममा संयुक्त राष्ट्रसघका आवासीय प्रतिनिधि भेलरी जुलियानले नेपालको वर्तमान सँघीय संरचनाका आधारमा काम गर्दा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै राज्यको स्थानीय र प्रादेशिक सँरचनासँग समन्वयमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसैक्रममा आइसीआरसीका प्रतिनिधि आन्द्रे पाकेले नेपाल रेडक्रसको कानुनी अवस्थाको सुदृढिकरण हुनुपर्नेमा जोड दिनुभएको थियो ।

विश्व र नेपालको मानवीय सेवा सन्दर्भ, अवस्था, चुनौती तथा अवसरहरुका बारेमा विज्ञहरुको प्यानल छलफल समेत आजै आयोजना गरिएको थियो । छलफलमा क्यानेडियन रेडक्रसका म्याक डोनाल्ड, आइसीएमएकका डा. राम थपलिया, मिडिया एक्शनका लक्ष्मण दत्त पन्त लगायत रेडक्रस अभियानका प्रतिनिधिहरुले अवस्थाको विश्लेषण गर्नुभएको थियो ।

साझेदारीको ढाँचा, प्रकृया सहित नेपालमा सञ्चालन गरिने रेडक्रस गतिविधिलाई सहयोग गरिने क्षेत्रको पनि पहिचान गरी भोली कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रमको तेश्रो दिन नेपाल रेडक्रसमार्फत् विभिन्न जिल्लाहरुमा सञ्चालित गतिविधिहरुको अवलोकनार्थ विदेशी पाहुनाहरु फिल्ड भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ । गुप्ता मृगृ रोगको विरामी भएकोर मृगृकै कारण डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।