राष्ट्र बैंकले नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने

841
views

काठमाडौँ, असोज २ नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट वितरणको तयारी थालेको छ । गत वर्षजस्तै यसपालि पनि राष्ट्र बैंकले तीन सरकारी बैङ्कसहित निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराउने भएको छ।

निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइनेछ। आजभोलि नै निर्णय गरेर कहिलेबाट वितरण गर्ने त्यसको व्यवस्था मिलाउने छौँ राष्ट्र बैंक नोट व्यवस्थापन विभाग स्रोतले भन्यो, घटस्थापना वरपर पारेर नोट वितरण गर्छौँ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही गर्थ्यो। यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।