तेस्रो स्थानका लागि यू-१९ क्रिकेटमा नेपाल भिड्दै

612
views

काठमाडौं, असोज २  क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आयोजनामा जारी चार टोली सम्मिलित यू-१९ एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो स्थानका लागि नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

लखनउस्थित इकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम ‘बी’ मा जारी खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्योर।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरको खेल सकिँदा बिना विकेटको क्षति २१ रन बनाएको छ ।

आयोजक भारतको ए र बीसहित अफगानिस्तान र नेपालको राष्ट्रिय टोली सम्मिलित प्रतियोगिताको राउन्ड रोबिन लिगमा सुरुआती दुई खेलसँगै फाइनल पुग्ने अवसर गुमाएर पछि नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। फाइनल खेलमा उपाधिका लागि भारतको ए र बी टोली पनि अहिले प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाल र अफगानिस्तान दुवै टोली राउन्ड रोबिन लिगको सुरुआती दुई खेलमा भारतको ए र बी टोलीसँग पराजित भएका थिए। टेस्ट टोलीको मान्यता पाएका भारत र अफगानिस्तानको युवा टोली सम्मिलित प्रतियोगितामा नेपालका लागि तेस्रो स्थानको सफलता पनि महत्वपूर्ण हुनेछ।