पानी छोएको निहुँमा वडाध्याक्षले दलित कुटे

1189
views

काठमाडौं । पानी छोएको निहुमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सर्लाहीको विष्णु गाउँपालिका २ का वडाध्यक्ष सञ्जय साहमाथि कारवाहीको माग गर्दै मगलबार सघर्ष समितिले पजिअ द्रोण पोखरेललाई ज्ञापनपत्र बुझाएको हो ।

वडाध्यक्ष साहले गएको २७ साउनमा स्थानीय दलित युवा अजय रामलार्य दलित भएर पानी छुने भन्दै वडा कार्यालयमै कुटपिट गरेका थिए । घटनाको भोलिपल्ट युवाले दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मलगवामा गएर लिखित उजुर गरे । तर, घटना भएको एम महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारवाही नगरेपछि सघर्ष समितिले घटनाप्रति चासो देखाएको हो । नयाँपत्रिकाबाट