लोकप्रिय गायक विष्णु खत्रीको ‘दशैमा रुन नपार’ सार्वजनिक (भिडियो सहित)

4255
views

नवदृष्टि । स्रोता दर्शकको माझमा निकै ख्याती कमाएका लोकप्रिय गायक एवं सर्जक विष्णु खत्रीले रोजगारको शिलशिलामा विदेशमा रहेका नेपालीहरुको बाध्यात्मक परिवेशलाई समेटेर ‘दशैंमा रुन नपार’ भन्ने दशें गित बजारमा ल्याएका छन् । निकै कारुणिक र मार्मिक शव्दले सजिएको उक्त गित सामाजिक सञ्जाल युटुव मार्फत सार्वजनिक गरेका हुन् ।

यो भिडियो हेर्नुहोस्

आफ्नै लय, शव्द र स्वरमा रहेको उनको गितमा चर्चित गायिका विष्णु माझिले साथ दिएकी छिन् । गितमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।

सो गितको म्युजिक भिडियोमा निर्देशक प्रकाश भट्टले निर्देशन र राजेश घिमिरेले छायांकन गरेका हुन् ।
गितको म्युजिक भिडियोमा गायक खत्री र मोडल शिरु बिष्टले अभिनय गरेका छन् ।

भरिया दाई, किसानी दाई, सुनको जलप, दशैँ तिहार आउँदा, खै उनी कहाँ छिन् जस्ता गितहरु बजारमा ल्याएका खत्रीको ‘दशैंमा रुन नपार’ पनि कहिल्यै पुरानो नहुने खालको छ । उक्त म्युजिक भिडियो सुमधुर क्रियशनले बजारमा ल्याएको हो ।