ट्रक र यात्रुवाहक बस ठोक्किदा ३२ यात्रु घाइते

1152
views

प्रकाश सापकोटा
नवलपुर, ५ असोज ।  नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा गएराति रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आर जे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । कम्तीमा ५० जना सवार बस सडकदेखि ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, नवलपारसीले जनाएको छ ।

घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ । फरार चालकहरू अहिले खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपारसीले जनाएको छ ।