केपी ओलीलाई उपेन्द्र यादव देखि कमल थापासम्मको साथ

663
views

काठमाडौं, २१, बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग विरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ दल सम्मिलीत मोर्चा खडा भएको छ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव देखि राप्रपा अध्यक्ष कमल थापा सम्म उक्त मोर्चामा उभिएका छन् ।
एमाले नेतृत्वको विपक्षी ८ दलीय मोर्चामा भर्खरै सरकारबाट बाहिरिएको राप्रपा, विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एक ठाउँमा उभिएका हुन् । ११ दलको बिहीबार बसेको बैठकले महाभियोग फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । ‘हामीले महाअभियोग फिर्ता लिन सरकारलाई आग्रह गरेका छौं’ परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिएका थिए ।