दुवईमा घाईते पयुँपाटाका पाण्डेलाई प्रवासी नेपालीको सहयोग

969
views

निर्मल पौडेल
पर्वत, ७ असोज । वैदेशिक रोजगारीको शिलसिलामा यूएईमा दुर्घटनामा परि घाईते भएर उपचार गराईरहेका वाग्लुङ नगरपालिका १३ पयुँपाटा सातविसका दिपेन्द्र पाण्डेय लाई प्रवासि दाजुभाईहरुले आर्थिक सहयोग गरेका छन् ।

रोजगारीको लागि अमेरिकामा रहेका पयुँपाटाका युवा समाजसेवी वासु पौडेलको पहलमा,निरवहादुर क्षेत्री,इश्वर शर्मा लगायत २३ जनाले संयुक्त रुपमा १ लाख ४६ हजार २ सय ३० रुपैयाँ सहयोग गरेका हुृन् । सहयोग रकम वार्ड नं १३ का अध्यक्ष नारायण शर्मा पौडेल वलेवा सामुदायिक वहुउद्देश्यिय सहकारीका अध्यक्ष उमनाथ शर्मा समाजसेवी राधा पौडेल लगायत सहयोग गर्नेका अभिभावक हरुले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । ६ महिना अगाडि युएईको प्राईभेट कम्पनिमा काम गर्दागर्दै दुर्घटनामा परि गम्भिर घाईते भएका पाण्डेको कम्मरमा, तल्लो पेटका आन्द्राहरुमा रगत जम्नुका साथै दाईने खुट्टामा गहिरो चोट लागेको छ ।

दुर्घटना पश्चात उपचार खर्च धेरै लाग्ने र वेहोर्न पर्ने डरले कम्पनीको मालिक भागेपछाडि सामान्य उपचार पश्चात नेपाल झिकाइएका पाण्डेले नेपालका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । अहिले वैशाकीको साहरामा चर्फि सम्म पुग्न सक्ने भएका पाण्डेको उपचारमा करिव १५ लाख खर्च लाग्ने भएको अस्पतालले वताएको पीडितकी आमाले वताईन ।

रकम वुझ्दै पछ्यौरिले आँसु पुछ्दै ६८ वर्षिय विधवा आमा टिकादेवी पाण्डेले भक्कानिएर भनिन् हामी गरिवसँग त्यत्रो पैसा कहाँवाट ल्याउनु? जायजेथा सवै वेच्दा पनि इत्तिनी पुग्दैन, वेचेर उपचारमा थपिथपाउ गरौँ भनेनी गाउमा कसैले किन्दैनन् । दैवले पनि गरिवलाई नै देख्ने रैछ । छाराको घाउमा मल्हम लगाउनका लागि आफ्नै पीडा ठानेर सहयोग गर्ने छोराहरुलाई आर्शिवाद । ठिक भएसी तिर्लानी गुनको पैँचो । सुँक्क सुँक्क गर्दै भनिन् सवैले जति हुन्छ जति सक्नुहुन्छ सहयोग गर्दिनुभए वच्ने थियो ।

सामान्य निम्नवर्गीय अवस्थाका पाण्डेका ४ वर्षिय सुस्त मनस्थिती भएकी एक छोरी २ वर्षिय सानो छोरा विधवा आमा र श्रीमती रहेका छन् । श्रीमती पनि उपचार खर्च जोड्न आफन्ती गुहार्दै हिडिरहेकी छन् । शनिवार पीडित पाण्डेयको घरमा पुगेर छोटो औपचारिक कार्यक्रमको आयोजना गरि वलेवा सामुदायिक वहुउद्देश्यिय संस्थाले सञ्चालन गरेको जीवन रक्षा कोष तथा स्वास्थ्य वचाउ कोष मार्फत रकम हस्तान्तरण भएको हो । हस्तान्त्रण कार्यक्रममा वोल्दै प्रमुख अतिथी वा.न.पा.१३ का वार्ड अध्यक्ष नारायण शर्मा पौडेलले प्रवासी सहयोगी मनहरुले गरेको सहयोग निकै सह्रानिय काम भएको वताए ।

पौडेलले पाण्डेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै पीडित पाण्डेलाई गाविसको तर्फवाट पनि सहयोगको लागि पहल गर्ने भन्दै सम्पुर्णलाई सक्दो सहयोग गरिदिन आग्रह गरे । कार्यक्रममा जीवन रक्षा कोषका अध्यक्ष उमानाथ शर्माले जीवन कोषलाई विस्तार गरि अक्षय कोष स्थापना गरि व्याज वाट प्राप्त रकम भावी दिनमा अन्य पीडितहरुलाई पनि सहयोग गर्ने वताए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो ।
वलेवा सामुदायिक वहुउद्देश्यि सहकारीका अध्यक्ष उमानाथ शर्माको अध्यक्षता वार्ड अध्यक्ष नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुवेदार टेक वहादुर रोकाको मन्तव्य र सञ्चालन रेशम वहादुर थापाले गरेका थिए ।

यसभन्दा अगाडि पनि प्रवासी रहेर पनि मन गाउँकै दुखसुखमा डुलाईरहने सहयोगी मनहरुले विभिन्न पीडितहरुलाई सहयोग गर्दै आएका थिए । सहयोग गर्नेहरुमा वासुदेव पौडेल ईश्वर शर्मा ,निर बहादुर क्षेत्री,माधब पौडेल,डोलेन्द्र पौडेल,परशुराम पौडेल,पारस पौडेल,सन्जय रेग्मीअनील रोका, निरू शर्मा, समुन्द्र पौडेल, शंकर पौडेल, प्रकाश अधिकारी, हरी पौडेल, बिष्णु अचार्य, बिनोद रिजाल, सुनिल पैडल, आसीस सापकोटा, प्रेम सुबेदी, राजेन्द्र केसी,प्रकाश मल्ल,दामोदर पौडेल, राजेन्द्र शर्मा रहेका छन् ।