पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन-अर्जुनरसिंह केसी

1107
views

काठमाडौँ, ८ असोज । नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गर्दै हुकुमी प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ ।”

नेता केसीले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोडए । उनले पार्टीलाई एकजुट बनाउन सबै नेताहरु लाग्नुपर्ने बताए ।