इन्स्टाग्राममा रोनाल्डोका १० करोड फलोअर्स

295
views

एजेन्सी, २२, बैशाख । – क्रिष्टियानो रोनाल्डोको चर्चा संसारभरी कति छ भन्ने कुरा उनका इन्स्टाग्रामका फलोअर मार्फत पुष्टि हुन्छ । सोसल मिडिया प्लेटफर्ममा १० करोड फलोअरसँगै रोनाल्डो खेल जगतमा सबैभन्दा धेरै फलोअर हुने पहिलो खेलाडी बनेका छन् । उनका प्रतिद्वन्द्वी लियोनेल मेस्सीको भने ७ करोड ८० लाख फलोअर छन् । पोर्चुगलका सुपरस्टार सोसल नेटवर्किङ साइटमा निकै चर्चित छन् । उनले बारम्बार आफ्नो फोटो इन्स्टाग्राममा हाल्ने गर्दछन् जसले प्रत्येक पटक लाखौं लाइक पाउँछन् ।