यस्तो छ देजमो काठमाडौं महानगरपालिकाको चुनावी घोषणापत्र

640
views

आदरणीय महानगरका जनसमुदाय,
नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (देजमो) देशैभरी आसन्न स्थानीय तहको निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीतिसहित चुनावको मैदानमा उत्रेको छ । नेपालको संविधान–०७२ सारमा कालो संविधान हो । यसले देश र जनताका समस्याहरु हल गर्न सक्दैन । आज देशका नदीनाला लगायतका प्राकृतिक स्रोत साधनहरु विदेशीलाई पोस्ने काम भएको छ । सीमानाहरु ठाउँठाउँमा मिचिएका छन् । तर यहाँका ठुलाठुला भनिएका पार्टीहरु मौन मात्र छैनन्, सत्ताको लडाईमा थुप्रै असमान सन्धी र सम्झौताहरु गरेका छन् । देशको राष्ट्रिय स्वाधीनताको रक्षा, आन्तरिक राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई संकटमय बनाउँदै देश र जनतालाई दुर्दशामा पु¥याउने काम मूल रुपमा काँगे्रस, एमाले, माओवादी–केन्द्र र राप्रपाबाट हुँदै आएका छन् । त्यसैले कालो संविधान र यी राष्ट्रघाती तथा जनघाती संसदीय दलहरुको भण्डाफोर गर्दै देशमा विद्यमान समस्याहरु हल गर्न संघीय जनगणतान्त्रिक संविधान निर्माण गर्न नयाँ जनवादी क्रान्तिको तयारी स्वरुप कार्यनैतिक रुपमा देजमोका उम्मेदवार मार्फत जनताका घरदैलोमा पुगेर जनताका सुखदुःखमा एकाकार हुने हाम्रो नीति रहेको छ ।

हाम्रा देजमोका उम्मेदवारहरुले काठमाडौं महानगरपालिकामा विजय प्राप्त गरेमा देजमोको केन्द्रीय घोषणा पत्रमा उल्लेखित विषयहरुको कार्यान्वयन गर्नुका साथै महानगरपालिकामा तुरुन्त पहल लिने विषयहरु निम्न रहने छन् ः

१. राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि स्थानीय तहभित्रबाटै संघर्ष गर्ने ।
२. स्वास्थ्य, शिक्षा र रोजगारी ः महानगरभित्रका हरेक नागरिकलाई आधारभूत स्वास्थ्य उपचार निशुल्क गर्ने, १२ कक्षासम्मको पढाई निशुल्क, स्तरीय र रोजगारीमुलक बनाउने, आधारभूत रुपमा महानगरका युवाहरुका लागि रोजगारीको व्यवस्था गर्ने । रोजगारीका लागि आवश्यकता अनुसारका विभिन्न सीपमुलक तालिमहरु संचालन गर्ने । रोजगार प्राप्त नगर्दासम्म उचित वेरोजगारी भत्ता उपलब्ध गराउने ।
३. राष्ट्रिय उद्योग, व्यवसाय र व्यापारको वृढि, संरक्षण र विस्तार तथा प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरी व्यापक रुपमा रोजगारीको श्रृजना तथा महानगरको आर्थिक स्थितिको विकास गरी जनताको आर्थिक स्तर उठाउने ।
४. महानगरपालिकाभित्र भइरहेका सम्पूर्ण भ्रष्टाचारको अन्त्य गर्ने, विगतमा हुँदै आएका आयव्ययका हिसावलाई जाँचबुझ गरेर अनियमितता र भ्रष्टाचारको उत्खनन गरी भ्रष्टाचारीलाई कार्वाही गर्ने । आगामी दिनमा भ्रष्टाचार र भ्रष्टाचारी प्रति सतप्रतिशत असहिष्णु बन्ने ।
५. खानेपानी, ढलनिकास र फोहर व्यवस्थापन घरघरमा खानेपानी पर्याप्त रुपमा पु¥याउने तथा आवश्यकीय रुपमा ढलनिकासको व्यवस्था गर्ने । खानेपानी र ढलनिकासका योजनाहरुलाई समन्वय गर्ने । फोहरको पुर्नप्रयोग गर्ने गरी फोहर व्यवस्थापन गर्ने र फोहर दिनेलाई पैसा दिने नीति बनाउने । महानगरका चोक चोकमा सार्वजनिक निशुल्क शौचालयको व्यवस्था गर्ने ।
६. सफा, स्वच्छ र हराभरा सहर ः महानगरलाई धुँवा, धुलो र दुर्गन्ध रहित सफा, स्वच्छ र हराभरा सहर बनाउने । बढि धुँवा फाल्ने सवारी साधन र कारखानालाई विस्थापन गरी विद्युतबाट संचालन हुने वा कम धुँवा फाल्ने सवारी साधन र कारखाना मात्र रहन दिने । धुलो र हिलो रहित बनाउन सडकहरु पीच गर्ने र सडकमा पानी जम्न नदिन पानीको उपयुक्त निकास बनाउने । फोहरको उपयुक्त व्यवस्थान गरी दुर्गन्धरहित बनाउने र सडकका दायाँ बायाँ हरियाली तथा वृक्षा रोपन गर्ने । सफाईलाई नियमित बनाउने ।
७. काठमाडौं महानगरपालिका भएर बग्ने बाग्मती, विष्णुमती लगायत नदीहरुमा ढल मिसाउने र फोहर फाल्ने काममा पूर्ण रुपमा प्रतिबन्ध लगाउने तथा विगतमा थुप्रिएका फोहर सफा गरी कन्चन पानी बग्न दिने । यसका लागि ती नदीहरु बग्ने अन्य नगरपालिकाहरुसंग पनि समन्वय गरी यसका लागि उपयुक्त वातावरण बनाउने ।
. सडक विस्तार ः सडक विस्तारका नाममा आदिवासी तथा रैथानेहरुलाई उठिबास तथा बेरोजगार बनाउने गरी सडक विस्तार गरिने छैन । बरु तिनलाई आवश्यक विकल्पसहित उचित क्षतिपूर्ति दिएर मात्र सडक विस्तार गरिनेछ । सडक विस्तारका नाममा पीडितहरुलाई आवश्यक क्षतिपूर्ति दिने ।
९. ट्राफिक जाम नियन्त्रण गर्न सवारी साधन संचालनको उचित नियम तथा ऐन निर्माण गर्ने । अनियन्त्रित सवारी साधनको वृढि तथा चौबाटो जस्ता चोकहरुका कारणले अध्यधिक ट्राफिक जाम हुने गरेको स्थितिममा सवारी साधनको संख्या नियन्त्रण तथा बढि चाप परेका चोकहरुमा फ्लाइ ओभर ब्रीजहरु निर्माण गर्ने ।
१०. भूकम्पीय विनाश ः महानगरभित्रका भूकम्प पीडितहरुका हकमा महानगरपालिकाले आफ्नो श्रोत र साधनको थप परिचालन गरेर यथासिघ्र जनताका आवास भवन निर्माण सम्पन्न गर्ने । महानगरभित्रका मन्दिर, पाटी, पौवा, स्तुपा आदि कला, संस्कृति तथा पुरातात्विक महत्वका ऐतिहासिक सम्पदाहरु हाम्रा पुर्खाका धरोहर हुन् र भूकम्पले गर्दा यी सम्पदाहरु क्षतविक्षत भएका छन् । यसको पुनः निर्माण हुन सकिरहेका छैनन् र यसको निर्माणका लागि देश तथा जनताका इच्छा विपरित सरकार दातृ निकायको खोजीमा छन् । देशको र महानगरकै स्रोत साधन परिचालन गरी तिनको तुरुन्त निर्माणको थालनी गरी छोटो समयावधिमा निर्माण सम्पन्न गर्ने ।
११. महानगरको भित्री सहरलाई यसको विशेषता अनुरुप सम्पदायुक्त साँस्कृतिक सहर निर्माण गर्ने र पर्यटन तथा व्यापारिक केन्द्र बनाउने ।
१२. महानगरमा मातृभाषालाई कामकाजी र पठनपाठनको भाषा बनाउने ।
१३. महानगरभित्र रहेका सुकुम्वासी समस्या हल गर्ने ।
१४. कालो बजारी, महंगीको अन्त्य गरी दैनिकी उपभोग्य सामाग्रीहरुको आपूर्ति गरी वैज्ञानिक वितरण सहित सरल र सुलभ बनाउने । यसका लागि महानगरका बजारलाई उचित व्यवस्थापन र अनुगमन गर्ने ।
१५. बालबालिका, वृद्ध, शाररिक रुपमा असक्षम र एकल महिलाहरुका लागि आवश्यक सामाजिक सुरक्षा प्रदान गर्ने ।
१६. समाजमा हुने झैझगडा, चोरी, डकैती नियन्त्रण गर्न सुरक्षा व्यवस्था गर्ने तथा समाजमा हुने मुद्दा मामिलाहरु छिटोछरिटो र सरल प्रकारले हल गर्न सुलभ न्याय प्रणालीको व्यवस्था गर्ने ।
१७. युवाहरुलाई कुलत र खराब आचरणबाट जोगाउन तथा युवा र बालबालिकाहरुको स्वास्थ्य स्वस्थ र शाररिक रुपमा सवल बनाउन खेलकूदमा पर्याप्त ध्यान दिने । कुलतमा फसेका युवाहरुलाई त्यसबाट मुक्त गराउन चभजबदष्ष्तिबतष्यल अभतचभ हरु खोल्ने ।
१८. वैज्ञानिक भूउपयोग नीति अनुसार महानगरभित्र बाँकी रहेका जमिनको उचित ढंगले सदुपयोग गर्ने र जग्गा प्लटिङ बन्द गर्ने ।
१९. खेलकूद स्थल, पार्क र खुल्ला स्थान पर्याप्त रुपमा निर्माण र संरक्षण गर्ने । सार्वजनिक जग्गा निजीकरण गर्नेलाई कडा सजायँ दिने । प्राकृतिक जोखिम भूकम्प आदिलाई समेत ध्यानमा राखेर यसलाई तत्परताकासाथ कार्यान्वयन गर्ने ।
२०. महानगरभित्र हुने विकास निर्माण कार्यमा व्यापकरुपमा अनियमितता हुदै आएको सन्दर्भमा आगामी दिनदेखि जनताको सहभागीता र निगरानीमा विकास निर्माणका कार्य सम्पन्न गर्ने ।
२१. कर प्रणालीलाई व्यवस्थित गरी जनताको ढाड सेक्ने करको दरलाई घटाइ उचित कर लगाउने तथा करको दायरालाई फराकिलो बनाउने ।
२२. महानगरका आदिवासी र रैथानेहरुलाई विशेष सहुलियतको व्यवस्था गर्ने ।
माथि उल्लेखित विषयहरु इमान्दारितापूर्वक लागू गरी जनताको सेवा गर्न तथा संघीय जनगणतान्त्रिक संविधान निर्माण गर्न देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका उम्मेदवारहरुलाई विजयी गराउन हामी सम्पूर्ण महानगरका मतदाताहरुमा हार्दिक अनुरोध गर्दछौं ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
                                                                           काठमाडौं महानगर