बार्सिलोना र रियाल मड्रिड पराजित

1473
views

काठमाडौं । स्पेनिस लिग फुटबलअन्तर्गत गएरातीका खेलहरुमा बार्सिलोना र रियाल मड्रिड पराजित भएका छन् । जारी सिजनमा दुबै दावेदार टोलीको यो पहिलो हार हो । यसअघि दुबै टोलीले एक एक खेल बराबरी गरेका थिए ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोना लेगानेजले २–१ ले हरायो । खेलको १२औँ मिनेटमा फिलिप कौटिन्होको गोलमार्फत बार्साले अग्रता लियो । तर दोस्रो हाफमा लेगानेजका नविल एल जार र ओस्कारले एक एक गोल गर्दै टोलीलाई विजयी गराएका हुन् ।

ला लिगाकै अर्को खेलमा सेभियाले रियाल मड्रिडलाई ३–० ले पराजित गर्यो । सेभियाको जितमा आन्द्रे सिल्भाले दुई तथा विसाम बेन यडरले एक गोल गरे । गएराती पराजित भएपनि लिगको अंक तालिकामा भने बार्सिलोना र रियाल मड्रिडले शिर्ष दुई स्थान ओगटेका छन् ।

६ खेलबाट दुबै टोलीले १३–१३ अंक जोडेका छन् । ११ अंकका साथ एथ्लेटिको मड्रिड तेस्रो स्थानमा रहेको छ ।