सरकारी नगर नर्सरी स्थापना

2595
views

महेन्द्र जिसी
पर्वत, १२, असोज । सरकारी नगर नर्सरी स्थापनाका लागि चारलाख बजेट । जसको संरक्षक जनप्रतिनीधिहरु नै बन्ने भएका छन् । कुश्मा नगरपालिकाका तरकारी कृषकहरुलाई लक्षित गरेर नगरपालिका–७ खरेयामा स्थापना गरेको नमुना नर्सरीमा व्यवसायीक कृषकहरुलाई तरकारीका विरुवा वितरण गर्ने उद्वेश्य राखेको छ ।

शुक्रबार नगरपालिका प्रमुख रामचन्द्र जोशीले नर्सरीको उद्धघाटन गरेका हुन् । उक्त नर्सरीमा कृषकहरुका माग अनुसार बिरवा उत्पादन गरिने जोशीले बताए । उनले भने ‘कृषकहरुको धेरै पैसा र बिरुवा उत्पादन गर्न अत्यधिक समय लाग्ने हुँदा आधुनिक नर्सरी सञ्चालनमा ल्याइएको हो ।’

नर्सरीमा आठ हजार विभिन्न जातका तरकारीका बिरुवा उत्पादन गरेर कृषकरुलाई वितरण गरिने नगर कृषि अधिकृत सोनी रानाले बताईन् । उनले भनिन ‘कृषकहरुको माग अनुसार तरकारीका विभिन्न जातका विरुवा उत्पादन गर्ने लक्ष्य हो ।’

सो नर्सरीमा प्राविधिक सरसहयोग कृषि ज्ञान केन्द्र पर्वतले गर्ने जनाएको छ । ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीले सबै वाडामा हावा पानी अनुकुल नहुँने भएकोले वडा स्तरमा नर्सरी स्थापना गरेर सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । उनले एक वडा एक उत्पादनमा जोड दिदै नर्सरीमा उत्पादीत बिरुवा कृषकका वारीसम्म पुर्याउनआधुनीक नर्सरी निर्माण गर्नपर्ने आवश्यकता रहेको बताए ।

नगरपालिकाका आर्थिक संयोजक राजेन्द्र पौडेलको अध्यक्षतामा निर्माण भएको नर्सरीमा कृषि क्षेत्रको ज्ञान भएका प्राविधिक दक्ष जनशक्ति परिचलन गराएर जिल्लाका सात स्थानीय तहको नमुना नर्सरी बनाउनु पर्ने नगरपालिका– ७ का अध्यक्ष सुवासचन्द्र पौडेलको भनाई छ ।