प्रेस विज्ञप्ति

शीघ्र रिहाइको माग

1924
views

                                                                                    प्रेस विज्ञप्ति
यस नवदृष्टि अनलाईन स्वतन्त्र,सत्य, तथ्य र निष्पक्ष स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार, सुचना र जानकारीमूलक घटनाहरुको सम्प्रेषण गर्ने सँस्था तथा डिजिटल मिडिया हो । यस अनलाइन मिडियामार्फत यहि वैशाख १९ गते स्थननिय तहको निवाृचनका लागि पर्वत जिल्ला कुस्मा नगरपालिकाका नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र जोशीको घरमा वम रहेको सूचनाको सम्प्ेषण गर्नु अगावै उम्मेदवार जोशीको सम्वन्धित कार्यलय र जिल्ला प्रहरी कार्यालय पर्वतमा घटना वारे जानाकारी लिँदा सम्वन्धित व्यक्ति  तथा निकायले संकास्पद वस्तु नरहेको पुष्टि गरेको तर यहि २१ गते विहिवार उक्त संकास्पद वस्तु फेला पारेको र नेपाली सेनाको वम डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोजल गरेको वताइएको छ ।
सुचनामुलक जानकारी गराउँदा नवदृष्टिका सम्पादक,  नेपाल पत्रकार महासंघ पर्वतका पुर्व उपाध्यक्ष तथा नेपाल क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य गोपाल जि.सी. माथि पटक पटक मानसिक तथा शारिरीक यातना दिएको घटनाले नवदृष्टि परिवार लगायत सम्पुर्ण मिडयाका पत्रकारहरु स्तव्ध भएका छन् । यस खालको घटनाप्रति नवदृष्टि अनलाईन मिडियाले गम्भिर ध्यानाकर्षण गर्दछ र नेपाल क्रान्तिकारी पत्रकार महासंघले पनि यसप्रति गम्भिर ध्यानाकर्षण भएको प्रेस विज्ञप्ति जारी गरिसकेको छ । दुखद सन्देशमुलक समाचार सम्प्रेषण गरेर धनजनको रक्षा गर्नु यस मिडियाको दायित्व अन्र्तगत पर्दछ । घटना सम्प्रेषण गरेको भरमा पत्रकार गोपाल जि.सी. लाई गिरफ्तार गर्नु, अनावश्यक मुद्दा लगाउन खोज्नु सर्वथा निन्दनीय छ । कुनै पनि दल तथा राजननीतिक संस्थाको वुई  चढेर स्वतन्त्र,व्यक्ति , संस्थालाई वलिको वोको वनाउनु आपत्तिजनक घटना हो तसर्थ नवदृष्टिका सम्पादक गोपाल जि.सी.को शीघ्र रिहाइको माग गर्दछौँ ।
                                                                                                                                                        नवदृष्टि अनलाइन परिवार
                                                                                                                                                                 यज्ञ वहादुर थापा