बच्चानै नजन्माई १२ महिनाको बाच्छीले दुध दिन थाल्यो

3278
views

चितवन, असोज १५ पूर्वी चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारमा १२ महिनाको बाच्छीले दुध दिन थालेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कतिपयले त विश्वास नगर्न सक्छन् । तर १२ महिनाको नव्याएको बाच्छीले अहिले विहान बेलुकानै दुध दिईरहेको छ ।

शान्तिबजार निवासी रामशरण दाहालले पालेको बाच्छी अहिले १२ महिना पुरा भयो । सोही बाच्छीले सवैलार्ई अचम्मित पार्दै एक छाकमा डेढ लिटर सम्म दुध दिईरहेको छ । बाच्छीले दुध दिन थालेपछि दाहाल परिवार मात्रै नभई अहिले गाउँलेनै अचम्मित भएका छन् । करिव एक महिना अघिदेखी थुनबाट दुध बग्न थालेपनि गएको तीन दिनदेखी दुध दुन थालेको कृषक रामशरण दाहालले जानकारी दिए ।
पशु चिकित्सकको सल्लाहामा दुध दुहुन थालिएको उनले बताए । “बच्चानै नजन्माई दुध आउन थालेपछि सबै चकित भएका छौ” दाहालले भने । दुध दुहुदा बाच्छीले कुनै प्रतिक्रिया नजनाउने उनले बताए । “पहिलो बेतको गाईको दुध दुदा लात्तीले हान्ने चल्ने गर्छ तर यो बाच्छीले शान्तसंग दुध दिईरहेको छ”दाहालले भने ।
जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक चेतनारायण खरेलले दुध दिने र बच्चा जन्माउने हर्मोनको खेल हुने भएकाले यस्ता घटना असामान्य हुदैन । मस्तिष्कको फेदमा हुने ग्रन्थीबाट हर्मोन रस ओभरीमा गएर जम्मा हुँदा दुध उत्पादन हुने उनले बताए ।