उम्मेदवार र कार्यकर्तामाथि लाठी प्रहार

619
views

नुवाकोटमा,२३, वैशाख । –आउदै गरेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका नेताहरु घरदैलौ अभियानमा जुटेका छन् । शुक्रबार चुनाव चिन्ह पाए लगात्तयै घरदैलो अभियानमा जुटेका हुन् । नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका ७ मा एमालेका कार्यकर्तामाथि शुक्रबार आक्रमण भएको हो । सदरमुकामदेखी १० किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा चुनावी प्रचारप्रसारका लागि पुगेका एमालेका उम्मेदवार तथा कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले लाठी प्रहार गरी आक्रमण गरेको छ । एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राजाराम गुणीमाथि शुक्रबार अपराह्न ६ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।