धरापमा पर्वतका फर्निचर व्यावसायी

1554
views

पर्वत । सस्तो र सुलभ दरमा रेडिमेट सामान भित्रिन थालेपछि सदरमुकाम कुश्माबजारका फर्निचर उद्योगहरु सञ्चालन गर्ने व्यावसायिहरु धरापमा परेका छन् । स्थानीय वन जङगलमाबाट काठहरुको निकासीमा सरकारी झमेलाका कारण पनि सञ्चालनमा आएका उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

व्यावसायिक रुपमा सञ्चालन भएका उद्योगहरु आयातित सामाग्री र स्थनीय तहको झन्झटिलो प्रक्रियाले धरापमा परेका छन् । त्यसका साथै दक्ष मिस्त्रीको अभावले पनि फर्निचर उद्योगहरु समस्या झेल्न बाध्य छन् । सदरमुकाममा सञ्चालित केही फर्निचरहरु समेत धिमा गतिमा चलिरहेका छन् । अर्डर अनुसारका कामले उद्योग चलाएका व्यावसायिहरु स्थानीय बनजंगलमा हुने समस्यालाई मुख्य समस्याको रुपमा मान्दै आएका छन् ।

उद्योग सञ्चालनको अनुमति पाएका व्यावसायिले कर छली गर्ने र दर्ता नभएका व्यवसायीहरुले सामान बनाउने अर्डर नपाउँदा व्यावसाय धरापमा परेका हुन् । लाईसेन नभएका र कानून विपरीत खोलिएका फर्निचर उद्योगहरुलाई सरकारी निकायले नियमन नगर्दा प्रक्रियाबाट सञ्चालित फर्निचर उद्योगहरु बन्द गर्नुपर्ने अवस्थामा पुगेको श्रेष्ठ फर्निचर उद्योग सञ्चालक एवं व्यवसायी विषम श्रेष्ठले बताउँछन् । उनि भन्छन् ‘पर्वतको जङगलमा पाइने काठ उपयोग गर्न कानुनी बाधाका कारण उद्योगहरु आयातित काठको प्रयोग गर्दा व्यवसाय धरापमा पर्दै गएको छ ।

सदरमुामक कुश्मामा झण्डै चार दर्जन फफर्निचर उद्योग सञ्चालनमा छन् । पाँचसय भन्दा बढी प्रत्यक्ष काष्ठ उद्योगमा निर्भर छन् ।

फर्निचर व्यावसायिहरुलाई दक्ष मिस्त्रीको अभाव, रेडिमेट सामानको आगमन, अर्डर अनुसारको सामान बनाउँदा महंगो पर्नुका साथै उद्योगमा बढी लगानी लाग्ने र सामानको अर्डर कमी हुन थालेपछि व्यवसायिहरु उद्योग छाड्न बाध्य बनेका व्यावसाय छाडेका व्यावसायिहरुको गुनासो छ ।

बजारमा भित्रिएको सस्तो र रेडिमेट सामानले व्यवसायिहरु धरापमा परेको अधिकारी फर्निचर उद्योगका प्रोपाईटर गोपी अधिकारीको भनाई छ । ‘थोरै लगानीले व्यावसाय चल्दैन् ेरै लगानी लगाउँदा आम्दानी हुँदैन अधिकारीले भने ‘जिल्लामा फर्निचर उद्योगहरु चलाउन नसक्दा स्थानीयको रोजगार समेत खोसिएको छ ।’

यस्तै धौलागिरी फर्निचर उद्योगका सञ्चालक दिपेन्द्र गदालका अनुसार राज्यलाई कर नर्तिने र विना लाईसेन्स भएका कामदारहरुको भरमा खोलिएका उद्योगहरु निराशाजनक अवस्था पुगेको बताउँछन् ।