धार्मिक पाखण्डता, हिंशा र बली प्रथा

2352
views

–यज्ञ बहादुर थापा
धर्म आचार विचार र संस्कारको ब्यबहृत रुप हो । हिन्दू, बौध्द, क्रिश्चियन, मुश्लिम जैन लगायतका सबै धर्म दर्शनमा आधारित हुन्छ । यस मध्ये हिन्दू धर्म आदिकाल देखि चल्दै आएकोले यसलाई सनातनी धर्म पनि भन्ने गरिन्छ । यो धर्म विश्वमा सबैभन्दा पुरानो लिपिबद्ध धर्म हिन्दू धर्म नै हो । हिन्दू धर्ममा हत्या हिंशामा अबोध पशुको बली दिने कुरा पवित्र गीता र वेदमा उल्लेख समेत छैन् । हिन्दू धर्मका मठाधीश, मण्डलेश्वर तथा पंण्डितहरुद्धारा हत्या, हिंशा तथा बली प्रथाहरुको बढावा विकास गरेको पाइन्छ ।

नेपालमा कथित दशैं तिहार जस्ता चाडपर्व यो वर्ष पनि प्रवेश गरेको छ । यी कथित चाडपर्व आफैमा पाखण्ड नै हो भने यसै पाखण्डताको आधारमा अबोध खशी, बोका, रांगा भैंसी, च्याङ्ग्रा र कुखुराहरुको पाखण्डीहरु चाडपर्वको नाउँमा धर्मको उपहास गर्दै हत्या हिंशा गर्दैछन् । हिन्दू धर्ममा केवल चाड पर्वहरुमा सार्वजनिक स्थानहरुमा अबोध खशी बोका रांगा, भैंसी र पंक्षीहरुको हत्या गरी बली दिनु भनेको कायरता बाहेक अरु केही होइन । जातीय छुवाछत, जातीय असमानता र भेदभाव पनि एक बलियो हिंशा हो । समाजमा जातीय असमानता र हिंशा चाडपर्वका नाउँमा पशुपंक्षीको हत्या सामाजिक उद्दण्डता र धामिक पाखण्ता हो ।

हिन्दू धर्मको मूल शास्त्र वेद र गीतामा त्यस्ता अबोध पशुपंक्षीका रगतले आफ्ना आराध्य देवलाई बली दिनु भन्ने कंही कतै उल्लेख छैन । केही दन्त्य कथाका आधारमा बली प्रथाको विकास भएको छ । जो हिन्दुत्वको विरुद्ध नै हो । हिन्दू धर्मका ठेकेदार कथित पण्डितहरु जान वा अन्जान रुपमा हिन्दूत्वको सभ्यताको विरुद्ध लागेको पाइन्छ ।

दशैं तिहार जस्ता कथित चाडवाड आए लगत्तै हजारौं हजारको संख्यामा खशी, बोका, रांगा पाठा, भैंसी र पंक्षीलाई बली वेदीमा चढाउँछन । यसले एकातिर हिन्दूत्वको उपहास गरीरहेको छ भने अर्कोतिर हरेक चोक गल्लिमा रगत मासु सडेर वा डढेर वातावरण प्रदुषण बनाई रहेका छन । पशुपंक्षीको हत्या गर्नु आफैमा पाप हो भने दोस्रो पशुपंक्षीहरु स्वस्थ हुदैनन अस्वस्थ पशपंक्षी मासु खानु रोग निम्ताउनु पनि हो ।

कुकुर र गाई गोरु पुज्ने हिन्दु समाजको वेद र गीता वास्तवमा वैज्ञानिक दर्शन हो । पशुहरुको संरक्षण गर्नु यसको मूल आशय हो । तर, कालान्तरमा हिन्दू समाज बली हिंशाप्रति आर्कर्षित हुन पुग्यो । प्राकृत ईश्वरीय भगवानले ब्रहमाण्ड र यसै प्रकारको जीव जीवात्माको रचना गरे तिनै शक्ति स्वरुपी भगवानबाट चाडपर्वको नाउँमा ती खशी बोका राँगा, पाठा तथा पंक्षीहरुको बली देऊ भनेर आदेश एिको अवस्था नै छैन । वेद र गीता बाहेक अन्य पुराणको आदेश मान्न सकिने अवस्था रहदैन किनकी पुराण दन्त्य कथामा आधारित हुन्छ आदेश छैन ।

नेपालमा सबैभन्दा पाखण्डपनको चाड दशैंलाई नै लिने गरिन्छ जहाँ हजारौंको संख्यामा पशुपंक्षीको बली हुन्छ भने मानिसले खाद्य पदार्थको रुपमा खाने चामल अनुहारमा लगाई खर्च गर्छन् । त्यहीबेला दान लिने र दिने कथित प्रचलनले विकास गरेको पाइन्छ । शास्त्र आचरण विरुद्ध गरिने यस प्रकारका कार्य ब्यबहारत जंगली पाखन्डीपन नै हो ।

मुश्लिम धर्ममा पनि बली प्रथा मौलाएको छ जो कुरानको मूल नीति विरुद्ध छ । उल्टो बनाई चार हात खुट्टा बाँधेर अल्लाहु अकवरको मन्त्र उच्चारण गर्दै कुनै जीवको बली दिंदा उक्त जीव अल्लाह कै शरणमा पुग्छ भने मुश्लिम दाजुभाईहरु तंपाईहरु आफै रेटिन तयार हुनुहोस् । जीवप्रति माया जाग्दैन भने आफ्नै बच्चाहरुलाई रेटी हेर्नुहोस, परमात्मा अकबर प्रष्ट आउनेछन् भन्नेछन जीव हिंशा तत्काल बन्द गर । पाखण्डता बन्द गर ।

सृष्टि रचनाको विरुद्ध जाने मानव वा मानव समुहलाई संहार गर्न सकिने विभिन्न पौराणिक युद्व र गीता शास्त्रमा समेत उल्लेख छ । तर, अवोध प्राणीको होइन । मठ मन्दिरहरुमा गरिने पशुबध तुरुन्त अन्त गरिनु पर्छ । उत्कृष्ट हिन्दू संस्कार र वेद र गीताले देखाएको दर्शनलाई निर्विरोध लागू गरौं । विश्व जनमञ्चलाई सभ्य र सु–संस्कृत भई संपूर्ण प्राणी हाम्रै सन्तान भन्ने नारा स्थापित गरौं । धार्मिक पाखण्ढता तथा रुढीवाद विरुद्ध एक हौं ।

लेखकः अधिवक्ता हुन् ।