नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका जिल्ला सेक्रेटरी भुसालको निधन

2467
views

पर्वत, २०, असोज । नेकपा (क्रान्तिकारी माओवादी) पार्टीका जिल्ला सेक्रेटरी, देशभक्त गणतान्त्रिक मोर्चा नेपालका गण्डक प्रदेश सदस्य कुश्माखर भुसालको यहि मिति २०७५ साल आश्विन २० गतेका दिन ४१ बर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय एवं जनयुद्वकालिन अवस्थादेखी शान्तिपूर्ण आन्दोलनसम्म विभिन्न मोर्चाका कमाण्डर समेत रहेका भुसालको निधनले सिङ्गो पार्टी र वर्गिय समजालाई नै क्षति पुगेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) पर्वतले शोक विज्ञप्ती जारी गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) पर्वतका ईन्चार्ज तेजेन्द्र पौडेलद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ हाम्रो पार्टीका जिल्ला सक्रेटरी एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका गण्डक प्रदेश सदस्य समेत रहेका कुश्माखर भुसालको असामयिक निधनले सिंगो पार्टी र कम्युनिष्ट आन्दोलनलाई गम्भिर क्षति पुगेको छ ।

सो विज्ञप्तीमा ‘२०३४ साल साउन २७ गते जन्मिनु भएका कुश्माखर भुसाल विचारमा अडिग, निष्ठावान, वर्गिय आन्दोलनको उर्जावान युवा हुनुहुन्थ्यो । उहाँको अल्पायु उमेरमा भएको निधनले परिवारजन, शुभचिन्तक, आफन्तजन एवं ईष्टमित्रहरुमा गहिरो शोक पर्न गएको छ । यस दुखद घडीमा शोकलाई शक्तिमा रुपाण्तरण गर्न शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै निमोनिया रोगको कारणले निधन हुन पुग्नुभएका भुसालप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछौं उल्लख गरिएको छ ।’

भुसालको आजै पैंयु गाउँपालिाकाको सेतीवेणीमा अन्तिम दाहसंकार गरिएको छ ।

भुसालको पार्थिव शरिरमा सो पार्टीका स्याङजा सेक्रेटरी तिलक अधिकारीले नेकपा (क्रान्तिकारी माओवादी) को झण्डा ओड्यार अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।