महानिर्देशक ज्यू 125mg potassium clavulanate को मूल्य कति हो ?

7019
views

–बालाकृष्ण  पौडेल
नेपाल सरकारले नेपाली बजारमा बिक्रीमा  आएका केही औषधिहरुको मूल्य निर्धारण  गरेको छ । यो केहि हदसम्म सकारात्मक  भएपनि  सन्तोषजनक छैन किनकि  केही औषधिहरु सरकारले  निर्धारण  गरेको मूल्य भन्दा धेरै सस्तो मुल्यमा बजारमा  उपलब्ध  गराउने कम्पनीहरू पनि छन् । जस्तोकि सरकारले  Amlodipine 5 mg को मूल्य रु 5/tab निर्धारण  गरेको छ, तर त्योभन्दा  धेरै सस्तो मुल्यमा Blucross laboratories को Amlodipine 5 mg को Angicam 5 mg रु 2.36/tab बजारमा उपलब्ध छ । Glimepride 2 mg को निर्धारित  मूल्य रु 8.60/tab छ Blucross laboratories को Glimepride 2mg को  k-Glim 2mg  रु 3.09/tab बजारमा  उपलब्ध  छ ।

सरकारले  केही औषधिहरुको मूल्य निर्धारण  गरेपछि औषधि कम्पनीहरूको ध्यान दुई वा दुइभन्दा बढी  औषधिहरुको  समिश्रण गरि बनाइएका  combination medicine हरुमा गएको देखिन्छ किनकी combination medicine हरु मूल्य निर्धारणमा परेका छैनन् । मूल्य  निर्धारणमा नपरेका combination medicine हरुमा औषधिकम्पनीहरूले ब्रम्हलुट मच्चाइरहेका छन। Amoxycillin 500mg को निर्धारित मूल्य  रु 8/cap हो यसमा potassium  clavulanate 125mg मिलाइ बनाएको  Amoxiclave 625mg   रु 21.56/tab देखि रु 45/tab  सम्ममा ( 100% भन्दा बढी मूल्यमा) बिक्री वितरण  गरिरहेका छन ।

cefexim 200mg को निर्धारित  मूल्य रु 20/ tab हो यसमा potassium clavulanate 125 mg मिलाई बनाएको cifexim cv 200mg  रु 41/tab देखि रु 48/tab  सम्म बिक्री वितरण  भएको  छ त्यस्तै  cefpodoxim 200mg को निर्धरित मूल्य रु 25/ tab हो यसमा potassium clavulanate 125mg मिलाइ बनएको cefpodoxim cv 200 mg रु 40/tab  देखी  रु 47/tab मा बिक्रीवितरण  भएको छ । दुबै combination मा potassium clavulanate 125mg नै मिसाइएको छ तर  रु 25/tab को  cefpodoxim मा potassium clavulanate  मिलाइ बनाइएको cefpodoxim cv भन्दा रु 20/tab को cefexim मा potassium  clavulanate मिलाइ बनाइएको  cefexim cv बढी  मुल्य (रु48/tab) राखेर औषधि कम्पनीहरूले ब्रम्हलुट  गर्दा समेत नियमनकारी निकायको  ध्यान  गएको देखिदैन् ।

कतै यो मिलि भगत त होइन ? सर्बत्र प्रश्न उठेको छ महानिर्देशक ज्यू ! 125mg potassium clavulanate को मूल्य कति हो ?

सरकारले  मूल्य निर्धारण  गरेका औषधिहरुमा पनि त्यस्का सबै strength हरुको मूल्य निर्धारण  नगर्दा मूल्य निर्धारण  नभएका औषधिहरुमा चर्को मूल्य तिर्न बाध्य हुनु परेको छ। cefexim 200 mg को मात्र  मूल्य निर्धारण  गरियो  400mg tab, 100mg tab र बच्चालाई  खुवाउने  dry syp को मुल्यमा ध्यान  दिइएन  cefexim  400 mg को रु 50/ tab,cefexim 100mg को रु16/tab देखि रु 18/ tab सम्म र cefexim dry syp 60 ml को रु 136/bootle  सम्म बिक्री  भैरहेका छन् ।

metformin 500mg  को मात्र  मूल्य निर्धारण  गरिएको छ 500SR 1000SR को मूल्य निर्धारण  नहुँदा कम्पनी पिच्छे फरक फरक र बढी मुल्यमा बिक्री  भैरहेका छन्। सुगर र प्रेसरका बिरामीहरुले नियमित प्रयोग गर्ने amlodipine, losartan, atorvastatin, metformin 500 जस्ता औषधिहरुको मूल्य निर्धारण  गरिए पनि यिनिहरुको समिश्रण गरि बनाइने combination medicine हरुको मूल्य निर्धारण भएको छैन । यिनै मूल्य निर्धारण  नभएका औषधिहरुमा चर्को मूल्य तिर्न उपभोक्ताहरु बाध्य छन् । जस्तै Amlodipine5 र Atenolol50 को combination  Amtas At रु 9.70/tab,Amlodipine5 र Losartan50 को combination mylod L को रु 12.50/tab, र Losartan 50 र Hydrochlorothiazide 12.5 को  RepaceH रु 16.32/tab आदि ।  

सरकारले  मुल्य निर्धारण  गरेका औषधिहरुमा त combination का नाममा यति धेरै ब्रम्हलुट छ भने सरकारको  नजर पुग्न नसकेका अन्य औषधिहरुको कुरै नगरौ फरक फरक कम्पनीहरूका फरकफरक  मूल्य (100 % सम्म मूल्य फरक) मा बिक्रि  गरिरहेका छन् ।

hayoscin Butyl Bromide 10 mg को रु 12/tab देखि रु 20 /tab सम्म,rabiprazole 20 mg को रु 10/tab देखि  रु 17.7/tab सम्म , र cefuroxim 500mg को रु 45.44/tab देखि रु 90/tab (100%सम्म बढी) सम्म मुल्यमा बिक्रि  गरि औषधि कम्पनीहरूले ब्रम्हलुट गर्दा समेत औषधि ब्यबस्था बिभाग  के हेरेर बसिरहेको छ ? नेपाल सरकारको  यतातर्फ समयमा नै ध्यान  पुगोस र नेपाली उपभोक्ताहरुले  सुलभ मुल्यमा औषधि उपभोग गर्न पाउन।