जिल्लाका मतदाता अन्योलमा, धेरै मत बदर हुने खतरा

659
views

महेन्द्र जि सी
पर्वत, २७, बैशाख । आउदै गरेको स्थानीय तह निर्वाचनको तरीका र प्रकृयाको बारेमा सर्वसाधरणहरु जानकारी नहुंदा मतदातामा अन्योलता छाएको छ । जिल्लाका अधिकांश मतदाताहरुलाई मत जाहेर तरीका तथा मत सुरक्षीत गर्ने प्रकृया लगायतका विषयमा जानकारी छैन । भने आंफुले रोजेको उमेदवार छनौट गर्ने तरीकाको बारेमा जानकारी नहूँदा लक्षित मतदाताहरु निर्वाचनको एक साता बाँंकी रहँदा सम्म मतदान गर्ने प्रकृया बारे वेखबर जस्तै बनेका छन्, जनताहरु । यही वैशाख ३१ गते हुन लागेको स्थानीय निकायको निर्वाचन परिणामा आ–आफ्नो पोल्टामा पार्न दलहरुको हिजो आज धौडधुप गरीरहेका छ । अहिले जिल्लामा क्रृयाशिल राजनीतीक दलहरु जनताको घर दैलो र चुनावी आम सभामा व्यस्त बन्न थालेका हुन । निर्वाचनलाई लक्षित गरेर दलहरु आ– आफ्नो चिन्ह लिएर भोट माग्न आउंने गरेको भएपनि मत हान्ने तरीका बारे सर्वसाधरणलाई जानकारी नगराउंदा मतदाताहरु अन्योलमा रहेका छन । ३० प्रतिशत शहर र अन्य क्षेत्र ग्रामीण भेगले भरीएको पर्वतमा युवा जनशक्ती भन्दा बढी महीला तथा जेष्ठ नागरीकहरुले मतदान गन छन् । अघल्लिा वर्ष भन्दा यस वर्षको निर्वाचन तरीका फरक भएको थाहा पाएको भएपनि मतदान गर्ने तरीका आंफुलाई थाहा नभएको कुश्मा नगरपालिका ९ कटुवाचौपारीका जेष्ठ नागरीकहरुले बताएका छन । स्थानीय चन्द्र कला पौडेलले मत माग्न विभिन्न चिन्ह लिएर दलका नेता घरमा आएको भएपनि मतदान गर्ने तरीका कुनै दलले नसिकाएको बताउनु भयो । मत माग्दै हिड्ने नेता÷कार्यकर्ताहरुले मतदातालाई मतदान गर्ने प्रकृया, मतपत्र पट्याएर मतपेटिकामा राख्ने, तरीका तथा स्वस्तिक छापको प्रयोगलगायतबारे कुनै जानकारी नग¥याउदा थप अन्योल देखीएको हो । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रता गाउं गाउं पठाएको जनाएपनि बास्तवीक मतदातासंग स्वसेवक नपुगेका कारण पनि धेरै मत बदर हुने विश्लेषकहरुले बताएका छन । २० वर्ष पछी हुन लागेको स्थानीय निर्वाचनमा मतदाताहरुमा हौसला जागेको भएपनि मतदात गर्ने प्रकृयाको बारेमा जनकारी नहुंदा धेरै मत बदर हुने खतरा रहेको नेता कार्यर्कताहरुले नै स्विकारेका छन । हुन लागेको स्थानीय निर्वाचनमा धेरै मत बदर हुने खतार रहेको फलेवास नगरपलिका ३ का प्रेम रिजालले बताउनु भयो ।
यसरी मत माग्ने दलहरुले मतदाताहरुलाई मतदान गर्ने तरीकाको बारेमा जानकारी नग¥याउदा सर्वसाधरणमा निर्वाचनको अन्योल कम भएको छैन, भने मतदाताहरुमा आवश्यक ज्ञानको. अभाव रहेका कारण पनि उपयुक्त उम्मेदवार छनौट प्रकृयामा समस्या देखिने छ ।