नवलपरासीमा बस दुर्घटना : ५ को मृत्यु, ४२ गम्भीर घाइते

762
views

शोभा जिसी
नवलपरासी, ४, कार्तिक । नवलपरासीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ४२ जना गम्भीर घाइते भएका छन् । बसमा करिब ५० यात्रु सवार रहेको प्रहरीको अनुमान छ ।

सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । गम्भीर घाइते ४२ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।

प्रहरीका अनुसार बस सडकबाट अनियन्त्रित भएर २० मिटर तल खसेको छ । ४२ घाइतेलाई चितवन पठाइएको छ भने अन्य सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइराखेको छ ।