६ जना चिनियाँ नागरिक विदेशी मुद्रासहित पक्राउ

306
views

पर्यटक बसमार्फत काठमाडौंको केरुङतर्फ जाँदै गरेका ६ जना चिनियाँ नागरिक झण्डै साढे ४ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका छन् । राजधानीको थाङकोटस्थित चेकपोस्टमा उनीहरु सवार बस चेकजाँचका क्रममा सो अवैध रकम भेटिएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी प्रकाशजंग कार्कीले जानकारी दिए । उनका अनुसार केरुङतर्फ जाँदै गरेको तीन बसमध्ये दुई बसमा चेक जाँच गर्दा तीन लाख ४९ हजार युएस डलर, युरो ६८ हजार, युआन १७ सात सय, जापानी ऐन ३१ लाख र स्वीस फ्याङ्क २ हजार सहित ५ महिला र एक पुरुषलाई पक्राउ गरिएको हो । यस्तै अरु १९ जनालाई पनि नियन्त्रणमा लिई चिनियाँ दूबातासको जिम्मा लगाइएको बताइएको छ । ६ जनालाई भने प्रहरी हिरासतमा राखिएको र अनुसन्धान जारी रहेको कार्कीले बताए ।