युगान्डामा मृत्यु भएका नेपालीको परिवारलाई सहयोग

1291
views

एजेन्सी,२७, वैशाख । तान्जानिया युगान्डामा गत महिना मृत्यु भएका भोजपुर साल्मा, केउरेपानीका सीताराम (पोस्ट बहादुर) बुढाथोकीको परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) तान्जानियाले सहयोग गरेको छ । सीतारामकी श्रीमती जानुका अधिकारी बुढाथोकीको हिमालयन बैंक लिमिटेडमा रहेको खातामा सहयोग स्वरुप एक लाख रुपैयाँ सहयोग पठाइएको एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापाले बताए । यसअघि एनआरएनए युगान्डाको पहलमा रोजगारदाता कम्पनीले बीस हजार अमेरिकी डलर सहयोग गरेको थियो ।