हुम्लाका ४४ मध्ये २९ वडा सचिवबिहीन

562
views

कार्तिक, ७ गते । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यालयमध्ये २९ वडा सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था हुन सकेको छैन ।

सचिव नभएका कतिपय वडामा करारका कर्मचारी, कतिमा वडाध्यक्ष र कति वडामा अर्को वडाको सचिवले कार्य सम्पादन गरिरहेका छन् । ठूलो नाम्खा गाउँपालिकाको ८ वटा वडामा तीन मात्र सचिव रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

त्यस्तै खार्पुनाथ गाउँपालिकामा पाँच वटा वडामध्ये एक वडामा मात्र सचिव छन् । आठ वटा वडा भएको सर्केगाड गाउँपालिकामा चार जना, चङ्खेली गाउँपालिकामा छ वडामा दुई जना, अदानचुली गाउँपालिकाका छ वडामध्ये दुई वडामा मात्र सचिव छन् ।

सचिव अभावको कारणले हालसम्म प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण समेत हुन सकेको छैन ।