जलजला गाउँपालिकाका स्वतन्त्र उम्मेदवार कार्कीको पक्षमा उर्लियो जनलहर

333
views

नवदृष्टि संवाददाता
पर्वत, २८ बैशाख । जलजला गाउँपालिकाको अध्यक्षका स्वतन्त्र उम्मेदवार यमबहादुर कार्कीले आफ्नो पक्षमा जनलहर उर्लिएको दाबी गरेका छन् । ‘ईष्टकोट’ चुनावी चिन्ह सहित बिहीबार चुनावी प्रचार प्रसारको अन्तिम दिन मतदाता समक्ष पुगेका कार्कीले आफु कुनै दल वा मोर्चाको नभई स्वतन्त्र उम्मेदवारी दिएपछि आफ्नो पक्षमा जनमत उर्लिएको दाबी गरेका हुन् ।
कार्कीले भने ‘मैले जलजला गाउँपालिकालाई समृद्ध बनाउने एजेण्डाहरु सार्वजनिक गरेको छु, मैले सार्वजनिक गरेका १२ बुंदे एजेण्डाले मेरो पक्षमा जनलहर छाएको छ ।’