यसरी पक्रिए उखु किसानको पैसा नतिर्ने व्यापारी अग्रवाल

683
views

काठमाडौं । उखु किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालक व्यापारी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई किसानको झण्डै ४६ करोड रुपैयाँ नतिरेको जाहेरीका आधारमा आज बिहान प्रहरीले काठमाडौंको त्रिपुरेश्वरस्थित उनको निवासबाट पक्राउ गरेको हो ।

किसानको पैसा नतिरेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयले अग्रवाललाई पक्राउ गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेको थियो ।

अग्रवालले सञ्चालन गरेको इन्दिरा सुगर एण्ड एग्रो प्रा.ली. नवलपरासीले ८ करोड र अन्नपूर्ण सुगर मिल्स प्रा.ली. सर्लाहीले ३८ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी रहेको गृहमनत्रालय श्रोतले जनाएको छ ।