तमु धीं बेल्जियमको अध्यक्षमा नविन तमु

1152
views

पर्वत । तमु धीं बेल्जियमको प्रथम अधिवेशनले नविन तमुको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा प्रविणा तमु, उपाध्यक्षद्धय मनिषजंग तमु र पम्फा तमु, महासचिवमा गडुलध्वज तमु, सचिवमा प्रज्ञा तमु, कोषाध्यक्षमा अन्जना तमु, सहकोषाध्यक्षमा शुष्मा तमु र सदस्यहरुमा प्रभा तमु, गजेन्द्र तमु, आशबहादुर तमु रहेका छन् ।

‘पहिचानको आधारमा स्वायत्तता सहितको संघियता र तमुवान स्वायत्त राज्यको स्थापनाको लागि हाम्रो ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ बेल्जियममा अधिबेशन समपन्न भएको थियो ।