वर्तमान संविधान मान्य छैन – जगतबहादुर बराम

1042
views

बेल्जियम । आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बहादुर बरामले वर्तमान संविधान मान्य नरहेको बताएका छन् । आदिवासी जनजातिहरुले आफ्नो अधिकार खोज्दा जातिय बिल्ला लगाएर राज्यले विभिन्न विभेद गर्ने गरेको भन्दै वर्तमान सविधान मान्य नरहेको बताए ।

आदिवासी जनजाति महासंघ बेल्जियमको दोस्रो महाधिवेशनमा बोल्दै अध्क्षय बरामले संविधानको दफा उपदफाहरु विभेदकारी रहेको उल्लेख गरे । उनले संशोधन गराउन बारम्बार आवाज उठाए पनि त्यसको सुनुवाई हुन नसकेको गुनासो गरे ।

संघीय समाजबादी फोरम पार्टीका उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले खास आर्य र मधेसीको साठ गाँठ ले फोरम प्रति शंका उब्जेको बताए । बरामले बेल्जियममा रहेका आप्रवासी नेपालीहरुले आफू आफू बीच टुटफुट र आपसी द्वन्दमा नलागेर नेपालको विकास निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

अध्क्षय बरामले नेपाल सरकार आदिवासी जनजातिहरुको चाडबाडलाई कटौती गरेको भन्दै त्यसको प्राप्तिको लागि हिँड्दा जातिय ट्याग लगायत हस्तक्षेप गर्ने गरेको आरोप लगाए । देश धर्म निरपेक्ष भइसक्दा पनि अझै गाईको मासु खाँदा जेल जानुपर्ने कस्तो नियम उनले प्रश्न तेर्स्याए ।

कार्यक्रममा बोल्दै बेल्जियम स्थित नेपाली राजदुत लोक बहादुर थापाले नेपालको विकासमा जनजाति आदिवासीहरुको संस्कृतिलाई विश्वव्यापी गर्न चुनौती रहेको हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक रहेको औंल्याएका थिए ।

कार्यक्रममा नेत्र मगर, विष्णु भुजेल, मेख गुरुङ, गंगाधर गौतम, बोधराज पौडेल, जीत लामा, सुबास गुरुङ, सीता सापकोटा, गोविन्द अधिकारी लगायतले आदिवासी जनजातिको केही मुद्दाहरू जायज रहेको हुँदा त्यसको सुनुवाईको लागि नेपाल सरकार लाग्नुपर्नेमा जोड दिएका थिए ।

आदिवासी जनजाति महासंघका अध्यक्ष पिजी शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बाबु राजा लामाले गरेका थिए ।

उक्त अधिवेशनले बाबुराजा लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मुना राई, उपाध्यक्ष होम गुरुङ, उपाध्यक्ष सुर्य नारायण श्रेष्ठ, यामुना रोक्कामगर लगायत रहेका छन् ।