राष्ट्रिय सभाको अध्यक्षले दिए छठको शुभकामना

870
views

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलिसनाले सूर्य र छठ माताको पूजा आराधाना गरी मनाइने नेपालीहरूको महान पर्व छठ–२०७५ को अवसरमा शुभकामना शन्देस व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै यस पर्वको अवसरमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ ।

धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघाट तथा सम्बन्धलाई सुमधुर बनाउनुका साथै एक आपसमा एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याएका छन् ।

अध्यक्ष तिमिल्सिनाले छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप, धार्मिक सहिष्णुता र सहमति कायम गर्दै नेपालको समृद्धिको सपना पुरा गर्न प्ररेणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु उल्लेख गरेका छन् ।