तातै खाऊँ जल्दै मारौंले एकता रोकियो–राणा

747
views

काठमाडौ, २७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको एकता प्रक्रिया रोकिएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राणाले राप्रपाका अध्यक्ष कमल थापाका कारण पार्टी एकता प्रक्रिया रोकिएको बताएका हुन् । राणाले पार्टीको नाम, झण्डा र चिह्न नै टुँगो नलागी एकता हुन नसक्ने अवस्थामा चारपाँच दिनको समय माग गर्दा राप्रपा अध्यक्ष थापा नमानेपछि एकता प्रक्रिया रोकिएको दाबी गरेका छन् ।

राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक, थापा नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीबीच हुने भनिएको एकता घोषणा अन्तिम समयमा आएर रोकिएको थियो ।

गाईलाई चुनाव चिह्न बनाउने प्रस्तावलाई राणाले अस्विकार गदैृ आएका छन् । राणाले हिन्दु राष्ट्र र गणतन्त्रको विषयमा भने सहमति भइसकेको बताएका छन् । ‘हिन्दु राष्ट्र बनाउने विषयमा तीनै राप्रपाबीच कुरा मिलिसकेको छ ।’ तर केही विषयहरुमा थापा नेतृत्वको राप्रपाले तातै खाऊँ जल्दै मारौं नीतिले एकता प्रक्रिया रोकिएको राणाले बताए ।