मुर्दालाई घाटको बिज्ञापन

827
views

 -गजल- 


मुर्दालाई घाटको बिज्ञापन गरिरहनु पर्दैन ।
मृत्यु भारी छ ओजन गरिरहनु पर्दैन ।।

मखमली चोला अन्त्यमा जलेरै सिधिन्छ ।
आत्माले छोडेपछि जतन गरिरहनु पर्दैन ।।

बाचुन्जेल रहरले अल्झाउछ इच्छाले रोक्छ ।
मृत्यु पश्चात् मनलाइ दोमन गरिरहनु पर्दैन ।।

        (नयन अधिकारी)

हिजो सम्म जीवन थियो र थियो रंगमञ्च ।
अब नाटक गर्नुपर्दैन मञ्चन गरिरहनु पर्दैन ।।

मृत्यु आफैमा सम्मानित हुदोरहेछ क्यारे ।
मुर्दाले आफ्नो खुबी प्रदर्शन गरिरहनु पर्दैन ।।

भरतपुर, चितवन