‘सौर्य मण्डल बाहिर भेटियो अर्को ग्रह’

2059
views

पल रिनकन, २९, कार्तिक । खगोलशास्त्रीहरुले सौर्य मण्डल बाहिर ग्रह भएको पत्ता लगाएका छन् । सूर्यदेखि नजिक अर्को एक तारा ‘बरनार्ड स्टार’ नजिक वैज्ञानिकहरुले त्यसको छुट्टै ग्रह फेला पारेका हुन् । सौर्य प्रणालीमा सूर्यका आठ ग्रहहरु छन् ।

सूर्यलाई पृथ्वीसहित आठ ग्रहहरुले परिक्रमा गर्छन्। सूर्यलाई ग्रहहरुले परिक्रमा गरेजस्तै नयाँ पत्ता लागेको ग्रहले बरनार्ड स्टारलाई परिक्रमा गर्ने गरेको जर्नल नेचरले जनाएको छ ।

वैज्ञानिकहरुले आफ्नो मुख्य खोज अब के त्यस ग्रहमा जीवन छ त? भन्ने तर्फ हुने बताएका छन् ।

जर्नल नेचरमा वैज्ञानिक गुलेम एंगलाडा इस्कुडा तथा उनका अन्य सहयोगी खोजकर्ताले सौर्य मण्डलभन्दा बाहिर पत्ता लागेको उक्त ग्रह पृथ्वीभन्दा ३ दशमलब २ गुणाले ठूलो भएको बताएका छन् ।

बरनार्ड स्टार र उक्त ग्रहको दुरी ६ लाइट वर्ष रहेको जनाइएको छ। नयाँ ग्रहबारे क्विन मेरी यूनिभर्सिटी अफ लण्डनले भनेको छ,‘हामीलाई लाग्छ यो विशाल पृथ्वीजस्तै हुनसक्छ ।’

भारी मात्रामा वायूमण्डल भएको त्यहाँका अधिकाँश स्थान चट्टानले भरिएका होलान्। उक्त ग्रह पानी, हाइड्रोजन, कार्बनडाइअक्साइड जस्ता तत्वहरुले भरिभराउ होला। कैयौं स्थानहरु वरफले ढाकेको समेत हुनसक्छन् ।’

सौर्य प्रणालीको पहिलो ग्रह बुध र सूर्यको दुरीजस्तै सौर्य प्रणालीभन्दा बहिर पत्ता लागेको यस नयाँ ग्रह बर्नार्ड स्टार बी र बर्नार्ड स्टारको दुरी उस्तै रहेको अनुमान गरिएको छ ।

सौर्य मण्डल बाहिर नयाँ ग्रह भेटिएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०१६ मा वैज्ञानिकहरुले प्रोक्सिमा सेन्चुरी बी नामक ग्रह भेटिएको घोषणा गरेका थिए । त्यो पनि पृथ्वीबाट समेत नजिक छ ।
यो ग्रहको बनार्ड स्टार तारा धमिलो छ। जसलाई ‘रेड ड्वार्फ’ भनेर चिनिने गरिएको छ । यसको ३ प्रतिशत भागमात्र सूर्यजस्तो चम्किलो छ। जसले थोरै मात्र सौर्य उर्जाको उत्सर्जन गर्दछ ।

बर्नार्ड स्टार बी ग्रहले सीमाभन्दा बाहिर ‘स्नो लाइन’मा परिक्रमा गर्दछ। जहाँ पानी सतहमा तरल नै रहने गरेका जनाइएको छ । ग्रहको सतही चिसोपना १ सय ५० सेन्टिग्रेड भएको हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि त्यहाँको वायुमण्डलले ग्रहलाई न्यानो बनाउनेछ। जसलेगर्दा त्यहाँको पर्यावरण जीवनकालागि योग्य हुनसक्छ ।

खोजकर्ताले त्यहाँको अवस्था बुझ्न किरणको वेगलाई अध्ययनगर्ने उपाय अपनाएका थिए । जुन उपायले गुरुत्वाकर्षण बल र परिक्रमाको कम्पनको बारेमा जानकारी दिन्छ । जसले ताराबाट ग्रहमा आएको किरणको बारेमा सूचना दिने अनुमान गरिएको छ ।

वैज्ञानिकले किरणको वेग अध्ययनगर्दा उक्त ग्रह परिक्रमाका क्रममा सौर्य मण्डलको पृथ्वी नजिकपुग्दा निलो देखिने र टाढा पुग्दा रातो देखिने समेत पत्ता लगाएको जनाएका छन् ।

यस अनुसन्धानका मुख्य पात्र डा एंगलाडा इस्कुडाले भने, ‘यस ग्रहको कक्षीय अवधि निकै जटिल देखिएको पाइयो ।’

उनले एक वर्षको एक भागमा यस ग्रहले परिक्रमा गरेको देख्न सकिएको बताएपनि त्यसपछि कतिवर्षमा यसले तारा परिक्रमा गर्यो भनेर पत्ता लगाउन गाह्रो भएको जानकारी दिए । अनुसन्धानकर्ताले पृथ्वीभन्दा टाढाको ग्रहको अध्ययन गर्न किरणको वेग अध्ययनगर्ने उपाय पहिलो पटक प्रयोग गरेको समेत बताएका छन् ।

क्वीन मेरी यूनिभर्सिटीका खगोलशास्त्रीले अध्ययनका क्रममा २० वर्षअघि देखिका महत्वपूर्ण प्रतिवेदन तथा दस्ताबेजहरु समेत अध्ययन गरेको बताएका छन् । (बीबीसीबाट अनुवाद)