२०५ औँ साहित्य शृङ्खला, साहित्यकारको एउटै दृष्टिकोण

890
views

सविता शर्मा । पोखरेली साहित्यकार एवं साहित्यप्रेमीहरु पोखराको साहित्य शृङ्लामा आयोजित २०५ औँ साहित्य शृङ्खला कार्यक्रममा पोखरा पार्टी प्यालेसमा सहभागिता जनाए । कार्यक्रममा साहित्य शृङ्ला पोखाराद्धारा प्रकाशित साहित्य शृङ्ला भाग–२ को विमोचन भयो ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेवी पुन र प्रा. डा. रविलाल अधिकारीले पुस्तकको संयुक्त रुपमा विमोचन गरे । विमोचित पुस्तकमाथिको समीक्षा साहित्यकार बुद्धिजीवि शेषमणी उपाध्यायले गरे ।

चेतना, नेतृत्व प्रतिको आक्रोस, निर्मला पन्तको बलात्कृत पीडा, युवा जनशक्ति विदेशीनुको पीडा आदि सबै समसमायीक विषयमा पुस्तकले राम्रो गरी समेटेकोमा आभार व्यक्त गरे ।

देशमा स्थानीय सरकार साथै राजनीतिक परिवर्तनले किन यस्ता कुराहरु अनुभव गर्न सक्दैन ? पुस्तकको टिप्पणी पछि सामाजिक विकास मन्त्रिलाई यस्तो प्रश्न गरियो ।

कार्यक्रमका सामाजिक विकास मन्त्रि नरदेवी पुनले यसै वर्षमा प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान सञ्चालनको ऐन बनाई प्रतिष्ठान सञ्चालनमा ल्याउने प्रतिवद्धता गरिन् । उनले एउटा विद्यार्थी विद्याल भर्ना भएपछि परीक्षाफलको लागि एक वर्ष कुर्नुपर्ने भन्दै देशको परिवर्तनको लागि पनि अझै केही समय पर्खाइमा रहेर परिणाम हेनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा साहित्य शृङ्ला पोखराका अक्षयकोषदाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । रक्तिम साँस्कृतिक परिवार र संगम साँस्कृतिक परिवारद्धारा विभिन्न नृत्य र गीतहरु प्रस्तुत गरिएको थियो । साथै विभिन्न साहित्यिक रचनाहरु प्रस्तुत गरि कार्यक्रम भव्यरुपमा सफल गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन साहित्य शृङ्ला पोखराका सचिव निर्मला न्यौपानेले गर्नुभएको थियो भने व्यवस्थापन संस्थाका सदस्य सन्तोष न्यौपानेको समूहले गर्नुभएको थियो ।

उक्त साहित्यिक कार्यक्रम साहित्य शृङ्ला पोखराका अध्यक्ष लोकनाथ पुडासैनीको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा आयोजक उपाध्यक्ष लक्ष्मी थापाले स्वागत मन्तव्य दिदै साहित्यकारलाई हेर्ने दृष्टीकोण परिवर्तन गर्नुपर्ने कुरालाई जोड दिनुभएको थियो । साथै साँस्कृतिक मञ्च परिवारबाट स्वागत गीत प्रस्तुत गरिएको थियो ।