१८ करोडको गाडी, भ्रमको खेती

875
views

सम्पादकीय
   पर्वत ।
  
हिजोआज नेपालका सञ्चार माध्यमहरु मिसनमा लागेका छन् । आँफै ईष्यु उत्पादन गर्ने त्यसको विश्लेषण गर्ने र मिसनमा प्रयोग गरी ईच्छा तृप्ती गर्ने मिसनमा लागेका छन् । खासमा सञ्चार जगत ‘वाचडग’को भूमिकामा रहनुपर्ने हो, तर पार्टीगत र स्वार्थगत प्रचारमा लागेका छन् । लोकतन्त्रको शासनशैली, पार्टी र सरकारका गलत निर्णय-नीतिले जनता सर्वसाधारणमा परेको नकारात्मक प्रभावलाई सकरात्मक प्रभावमा बदल्नुपर्ने हो । भ्रष्टाचार, दुराचार, अकर्मण्यता हटाउन लाग्नुपर्ने हो तर त्यसो हुन छाडेको छ । यसैको एउटा भद्दा रुप हो दलगत रुप र शासन व्यवस्थासँग प्रत्यक्ष संलग्न नभएकोे राष्ट्रपति र राष्ट्रपति कार्यालयसँग सम्बन्धीत १८ करोडको गाडी खरिद भनेर गरिएको भ्रम प्रचार ।

नेपालका विग मिडियाहरुले १८ करोडको गाडीलाई समाचारको मुख्य शीर्षक बनाएर प्रकाशन प्रशारण गरे । त्यसले आम नागरिकहरुमा भ्रम फैलिन गयो । १८ करोडभित्र धेरै कुरा समेटिएको छ । तर त्यो समाचार बनेन् । प्रचारमा समेत आएन् । १८ करोडकोे भित्रि अंशमा ४/५ वटा कार, एउटा बस, एउटा एम्वुलेन्स गरि ८/१० वटा सवारी साधन खरिद गर्ने कुरा कहिंकतैबाट उल्लेख भएन् । केवल अतिरञ्जित बनाउने खेल मात्र भयो । यसले सिङ्गो समाजलाई नै सो संस्थाप्रति नकरात्मक प्रभाव पार्यो । सञ्चार जगतको काम भुलेर पनि नकरात्मक प्रभाव पार्ने होईन् । राष्ट्रपति कार्यालयसँग जोडिएका प्रशंगहरु धेरै छन् । दशैँमा टीका लगाउने सम्बन्धमा घुँडा टेक्ने वा घुँडा धस्ने बिषयको प्रचार । सायद त्यहाँ टिका लगाउन शारीरिक दुर्वलताको सहजता अपनाइएको थियो । अर्को राष्ट्रपति भवन निर्माणका लागि प्रहरी प्रशिक्षण केन्द्रको जग्गा दिने निर्णय । यस्ता र यावत प्रसंगहरु पत्रपत्रिका, प्रकाशन प्रशारणका लागि भ्रमका खेती बनेका छन् । आम नागरिकमा पुगेका यस्ता भ्रमहरुले स्वतन्त्र पत्रकारीता र सञ्चार जगतमाथिकै प्रहार भएको छ ।

राष्ट्रपति पद नेपालको संघीय गणतान्त्रिक शासन व्यवस्थाको देशको मर्यादित संवैधानिक सर्वोच्च पद हो । देशको प्रतिष्ठा, सम्मान र गौरवसँग जोडिएको विषय हो । राष्ट्रपति भवन राष्ट्र र आम नागरिकको भवन पनि हो । तर हामीले बुझ्ने तर बुझाउने प्रयास समेत गर्न सकेनौं त्यसैले यसलाई भ्रमको शिकार बनाउनु हुँदैन् ।

राष्ट्रपति, राष्ट्रपति भवन र सेवा सुविद्याका विषयमा पूर्वाग्रह र दुराग्रह राखेर सिङ्गो राज्यलाई नै प्रभाव पार्ने, व्यवस्थालाई नै प्रभाव पार्ने भ्रममा केन्द्रित हुनुहुँदैन् । यसले बलिदान, बारम्बारका संघर्षबाट प्राप्त उपलब्धीमाथी प्रहार गर्दछ । झिनो मसिनो कुराबाट शुरु भएको सिलसिलाले भयानक रुप लिने र देशलाई प्रतिगमनतर्फ धकेल्नेतर्फ मद्धत पुर्याउँछ । शिर्षकमा भ्रम फैलाएर आम नागरिकहलाई गोलमोटल पार्ने वदनियतबाट माथि उठेर संसारका ठूला ठूला परिवर्तनसँग देश र संस्थालाई विकासोन्मुख गर्नुपर्दछ । भ्रमको खेतीबाट मुक्त हुनुपर्दछ ।