फेरि फुट्यो फायगो ज्वालामुखी

1467
views

काठमाडौं । सोमबार फेरि गुआटेमालाको फायगो ज्वालामुखी बिस्फोटन भएको छ । यस पटकको बिस्फोटन पाँचौं पटकको हो । यसले गुआटेमालामा ठूलो सन्त्रास फैलाएको छ । त्यहाँका जनता यो ज्वालामखीको निरन्तर बिस्फोटबाट निकै भयवित भएका छन् ।

फायगो ज्वालमुखीले ठूलो महामारी ल्याउने पनि स्थानीय जनता तथा त्यहाँका चिकित्सकहरुले बताएका छन् । पहिलेका ज्वालामुखी बिष्फोटनभन्दा यो निकै भयावह र निरन्तर बिस्फोटका कारणले पनि वातावरण प्रदुषण धेरै भएको बताइएको छ ।

ज्वालामुखी विस्फोटानका वरपरका गाउँ तथा एन्टिगुआ जस्ता सघन वस्तीहरु सुरक्षित स्थानमा सारिन थालिएका छन् । यो विश्वकै ठूलो आपतकालीन बसाइ स्थानान्तरणमा दर्ज हुने वस्ती विकास विशेषज्ञहरुले बताएका छन् ।

यसअघि सूचना संयन्त्रहरु पनि नजोडिएका, सूचना पाएर पनि कतिपय ठाउँहरुमा सम्प्रेषण गर्न ढिलाइ गरिएको र सैयौं जनताको ज्यान जानुमा सरकार आफै जिम्मेवार रहेको गम्भीर आरोप सरकारमाथि त्यहाँका जनताले लगाएका थिए । यसका साथै समयमा नै उद्दारका लागि केही कदमहरु पनि नचालिएको थप आरोप पनि लगाइएको थियो । तर यसपाला भने सरकारी तयारी राम्रै भएकाले जनधनको क्षति अहलेसम्म त्यति धेरै भएको छैन ।