उम्मेदवारका छोरा नै घरेलु हतियारसहित पक्राउ परेपछि…

620
views

काडमाण्डौ, तारकेश्वर, २९ बैशाख । नेकपा मोआवादी केन्द्रको तर्फबाट तार्केश्वर गाउँपालिकाको उपाध्यक्षका लागि प्रत्यासी कमलाकुमारी तामाङका छोरा र अर्का एक जनालाई प्रहरीले घरेलु हतियारसहित पक्राउ गरेको छ ।
तामाङका छोरा शमशेर तामाङ र सहयोगी राजेन्द्र तामाङलाई एक थान खुकुरी र तीन थान फलामको रडसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले जानकारी दिए ।
तामाङद्वयले प्रचार अभियान पछि घर फकर्दै गरेका सो गाउँपालिकाका नेपाली काँग्रेसका कार्यकर्तालाई हतियार देखाउँदै धम्क्याएकाले नियन्त्रणमा लिएर तारुका प्रहरी चौकीमा राखी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।