भव्यसँग मनाइयो मोहम्मद जयन्ती

710
views

पर्वत । मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९३ औँ जन्मोत्सव पर्वतमा हर्षोल्लासका साथ मनाइएको छ । मुलुकको समृद्धिको कामना गर्दै पर्वतमा पैगम्बर हजरत मोहम्मद जन्मोत्सव हर्षोल्लासका साथ मनाइएको हो । जन्मोत्सवको अवसरमा रयाली निकालिएको छ ।

रयालीका सहभागीहरूले प्ले कार्ड, धार्मिक वस्त्र, धार्मिक झन्डा, राष्ट्रिय झन्डासहित जन्मोत्सवको खुसीयालीमा नारा लगाएका थिए ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजारी सम्वतको रब्बिउल औवल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको र उनको निधन ६३ वर्षको उमेरमा साउदीको मदिनामा भएको पर्वत मुस्लिम सेवा समाजका सदस्य मोहम्मद रम्जान अलीले बताए ।

र्यालीमा स–साना केटाकेटी देखी वृद्धवृद्धासम्मको सहभागिता रहेको थियो ।