बाहुबली भन्दा महंगा पप स्टार जस्टिन बिबर

1173
views

एजेन्सी । अन्तर्रा्ष्ट्रिय चर्चित पप स्टार जस्टिन बिबरले मुम्बईमा धमकेदार प्रस्तुती देखाए । उनको शो हेर्न ४५ हजार बढी दर्शक कन्सर्टमा पुगेका थिए । चलचित्र बाहुबली प्रदर्शन हुँदा जति चर्चा थियो त्यो भन्दा पनि बढी चर्चा भारतमा जस्टिन बिबरको भयो। उनलाई बाहुबली प्रभासको भन्दा पनि महंगो दाबी गरिएको छ । जस्टिन बिबर शो मा ९० देखि एक सय करोड भारु रुपैयाँ खर्च भएको आयोजकले बताएका छन् । शो को सेटअपमा मात्रै २६ करोड भारु खर्च भएको बताइएको छ । तर बाहुबलीलाई ५ वर्षमा जम्मा २५ करोड रुपैयाँ दिइएको थियो ।