बलात्कार किन हुन्छ सरकार राजधानी मुन्तिर ?

1081
views

– गजल
जसरी माछो बसेको छ सँधै पानी मुन्तिर ।
त्यस्तै तिमी बस्यौ आँखाको नानी मुन्तिर ।।

एउटा फोटो परदेशीको दिलमा राखेको छु ।
अर्को राखेको छु जतनसाथ सिरानी मुन्तिर ।

परिवर्तन नहुने कुरै हुँदैन परिश्रम भएपछि ।
दही पनि दही भएर बस्दैन मदानी मुन्तिर ।।

यो माया, प्रेम, घृणा, रिस बाचुन्जेल त हो ।
मृत्युले पर्खेकोछ सबैलाई जिन्दगानी मुन्तिर ।।

सक्छस् सुरक्षा गर, सक्दैनस् राजीनामा दे ।
बलात्कार किन हुन्छ सरकार राजधानी मुन्तिर ? 

– विनोद विवश
जैमिनी ०१, बागलुङ