धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार

685
views

बेनी । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान गरिएको हो ।

मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना प्रबिधि अधिकृत सुवास थापाले जानकारी दिए । गाउँपालिकामा दुई एमबिपिएस क्षमताको इन्टरनेट जडान भएको छ ।

इन्टरनेट सेवा उपलब्ध भएपछि गाउँपालिकाको दैनिक सेवा प्रवाह र सूचना आदानप्रदान गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।