कमाण्डर सहित विप्लबका चार कार्यकर्ता पक्राउ

563
views

कपिलवस्तु, २९, बैशाख । स्थानीय तहको चुनावलाई लक्षित गरी विभिन्न आपराधिक गतिविधि बढाएको आरोपमा विप्लब माओवादीका कमाण्डर सहित चारजना कार्यकर्तालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा कपिलवस्तुको क्षेत्र नं. ५ का एरिया कमाण्डर खुमन सिंह परियार, जिल्ला सदस्य राजेन्द्रप्रसाद शाह, वडा कमिटी सदस्य नन्दलाल पुरी र पश्चिम कमाण्ड इन्चार्ज मालबहादुर बुढा रहेका छन् ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनिहरुलाई कपिलवस्तुमा घरमै सुतिरहेको अवस्थामा पक्राउ गरिएको हो ।